नेपाली गायन क्षेत्रमा आफ्नै राजमार्ग बनाएर अघि बढिरहेको नाम हो डेभिड शंकर । पूर्वी पहाडी जिल्ला पाँचथरमा भवानीविक्रम शंकर र कमलादेवी शंकरको कोखबाट जन्मिनुभएका डेभिड काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । आजको दिनसम्म आउँदा उहाँका सयौं गीत श्रोता/दर्शकमाझ अत्यधिक लोकप्रिय छन् । ०६२ मा पाँचथर आइडलको उपाधिसँगै सांगीतिक क्षेत्रमा होमिनुभएका शंकरले ०६४ मा पूर्वाञ्चल आइडलको उपाधिसमेत जित्नुभएको थियो । उहाँको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ मा सार्वजनिक भएको थियो । डेभिडले लगभग २०० को हाराहारीमा गीत गाउनुभएको छ । उहाँका चलचित्र ‘पञ्चेबाजा’को ‘घिनघिन मादल’, ‘असारको १५ दही चिउरा खाने साउने १५ खिर’, चलचित्र ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’, चलचित्र ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’, चलचित्र ‘मनसँग मन’ को ‘मेरो त भाग्य उज्यालो’, यस्तै ‘तिम्रो यादमा पागल सरी रुन पनि नमिल्ने’, ‘कसले भन्यो तिमीलाई म माया गर्दिन रे’ लगायत थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । गीतसंगीतमा चर्चाका लागि भन्दा पनि एउटा सफल, राम्रो र कालजयी गायक भनेर चिनाउनका लागि दिनरात मिहिनेत गरिरहेको बताउनुहुने डेभिड शंकरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
गीतसंगीत क्षेत्रमा किन आउनुभयो ?
मेरो सानैदेखिको सपना गीत गाउने र एक दिन सफल गायक बन्छु भन्ने थियो । म सानैदेखि गीत गाउन भनेपछि हुरुक्क हुन्थेँ । गीतसंगीतमा मेरो अबोध बालापनमा एक खालको लगाव थियो । त्यही लगावले नै मलाई यो क्षेत्रमा तान्यो । अर्थात् म बढ्दै जाँदा यो क्षेत्रमा हेलिँदै गएँ । यही क्षेत्रमा नै लागिरहेको छु ।
मैले गाएका गीतहरू लगभग २०० को हाराहारीमा होलान् । चलचित्र ‘पञ्चेबाजा’को ‘घिनघिन मादल’, ‘असारको १५ दही चिउरा खाने साउने १५ खिर’, चलचित्र ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’, चलचित्र ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’, चलचित्र ‘मनसँग मन’ को ‘मेरो त भाग्य उज्यालो’, यस्तै ‘तिम्रो यादमा पागल सरी रुन पनि नमिल्ने’, ‘कसले भन्यो तिमीलाई म माया गर्दिन रे’ लगायत थुप्रै गीतलाई श्रोता/दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । आभारी छु सबैप्रति ।
औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
मैले माथि पनि भनेँ म सानैदेखि यो क्षेत्रमा लागेको हुँ । स्कुलका साथै गाउँघरमा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफूलाई संलग्न गराउँदै अघि बढेँ । अब तपाईंले भनेजस्तै ठ्याक्कै औपचारिकरूपमा भने २०६२ सालदेखि भन्नुपर्ला । पाँचथर ताराको उपाधि जितेसँगै यो क्षेत्रमा मेरो औपचारिक सुरुवात भयो । गीतसंगीतसँग जोडिएर निरन्तर काम गरिरहेको छु ।
पहिलो एल्बम कुन थियो ?
मेरो पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ मा सार्वजनिक भएको थियो ।
डेभिड शंकर को हो ?
डेभिड शंकर को हो भन्दा एउटा कलाकार, एउटा गायक । गीतसंगीतलाई अति नै धेरै माया गर्ने व्यक्ति । गीतसंगीतमै समर्पित भएर जीवन बिताउन पाइयोस् भन्ने सपना देखेको मान्छे ।
यहाँले अहिलेसम्म कतिजति गीतमा स्वर दिनुभयो होला, केहीको नाम लिनुपर्दा ?
मैले गाएका गीतहरू लगभग २०० को हाराहारीमा होलान् । चलचित्र ‘पञ्चेबाजा’को ‘घिनघिन मादल’, ‘असारको १५ दही चिउरा खाने साउने १५ खिर’, चलचित्र ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’, चलचित्र ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’, चलचित्र ‘मनसँग मन’ को ‘मेरो त भाग्य उज्यालो’, यस्तै ‘तिम्रो यादमा पागल सरी रुन पनि नमिल्ने’, ‘कसले भन्यो तिमीलाई म माया गर्दिन रे’ लगायत थुप्रै गीतलाई श्रोता/दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । आभारी छु सबैप्रति ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
म गीतचाहिँ भगवान्रूपी श्रोता/दर्शकका लागि मनमस्तिष्कमा बस्ने गरी गीत गाउँछु । र, म गीत आफ्नै लागि पनि, मेरै लागि पनि गाउँछु ।
गीतसंगीतमा लागेर जीवनयापन गर्न गाह्रो हुन्छ, यो सँगसँगै वैकल्पिक पेशा अपनाउनु आवश्यक छ भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । राम्रो गर्न सक्दा धेरै राम्रो छ । आफूमा भर पर्ने कुरा हो जस्तो लाग्छ । गीतसंगीतमा लागेर बाँच्नु मात्र होइन प्रत्येक पल हाँस्न पनि सकिन्छ ।
गीतसंगीतमा विभिन्न गुट उपगुट छन् रे नि के भन्नुहुन्छ ?
संगीतमा गुट उपगुट भन्दा पनि नजिक एउटा कम्फर्टेबल आफूलाई काम गर्ने टिमहरू नजिकको टिमहरू हुन सक्छ । आ-आफ्नै सजिलो लाग्ने काम गर्ने टिम हुन सक्छ तर त्यसरी गुट उपगुट भन्ने संगीतमा चाहिँ भए जस्तो महसुस गरेको छैन मैले ।
संगीत क्षेत्रमा किन लाग्नुभयो ?
मैले माथि पनि भनेँ, मेरो सानैदेखिको रुचिको क्षेत्र हो यो । यसैले यही क्षेत्रमा हेलिँदै गएँ । सायद मेरो जन्म नै यही क्षेत्रका लागि भएको हो । हरेक मान्छेको आ-आफ्नो सपना हुन्छ । मेरो सपनाचाहिँ बच्चैदेखि एउटा सफल गायक हुने, राम्रो कलाकार बन्ने थियो । सानोदेखिकै सपना भएको कारणले पनि म गीतसंगीतमा आबद्ध भएर काम गरिरहेको छु ।
यहाँले गीतसंगीतको औपचारिक कक्षा पनि लिनुभयो कि ?
हुन त पाएसम्म र मिलेसम्म, अवसर पाएसम्म, जुरेसम्म म सबैसँग नै सिक्ने गर्छु । सबै अग्रज संगीतकारसँग अनौपचारिकरूपमा भए पनि सिकिरहेको हुन्छु । साथै नयाँ आउनुभएका राम्रा-राम्रा प्रतिभाहरू, राम्रा-राम्रा साथीहरूसँग पनि काम गर्ने इच्छा छ । सबैभन्दा ठूलो चाहना आदरणीय बाबुजी, संगीतकार रञ्जित गजमेरसँग काम गर्ने ठूलो सपना छ, रहर छ ।
यहाँले थुप्रै चलचित्रका लािग पनि गीत गाउनुभयो, पछिल्लो समय कुन-कुन चलचित्रमा यहाँले गीत गाउनुभएको छ ?
यहाँले भनेजस्तै धेरै चलचित्रका गीतमा मैले स्वर दिएको छु । अहिले पछिल्लो समय मैले लगभग १० वटाजति ठूला ब्यानरका चलचित्रहरूमा गीत गाएको छु । ती चलचित्र प्रदर्शनको तयारीमा छन् । चाँडै नै यहाँहरूमाझ आउनेछन् ।
संगीत के रहेछ ?
यो निकै गाह्रो प्रश्न हो । यो अथाह सागरलाई संगीत यही हो भनेर एक लाइनमा उत्तर दिन गाह्रो हुन्छ । हुन त सबै मान्छेले संगीतको फरक-फरक परिभाषा लगाउनुहुन्छ । तर, मेरा लागि संगीत जीवन हो ।
परिवारबाट तपाईंलाई गीतसंगीत क्षेत्रमा काम गर्न कत्तिको सपोर्ट मिलेको छ ?
म आजको दिनसम्म आफूलाई गायक भनेर चिनाइरहँदा यो सम्पूर्ण श्रेय मेरो परिवारलाई नै जान्छ । मेरो परिवारको सहयोगबिना म कहिले पनि यो ठाउँसम्म आइपुग्ने नै थिइनँ । म आज जे छु, जस्तो छु मेरो परिवारको सपोर्टको कारणले नै छु ।
यो क्षेत्रमा लागेर कुनै गुनासो छ कि ?
मलाई गीतसंगीतमा लागेर गुनासो त पटक्कै छैन । तर, म गीतसंगीतमा नलागेको भए मेरो जीवनमा सधैं किन लागिन होला भन्ने गुनासोचाहिँ पक्कै रहृन्थ्यो होला ।
तपाईं यति धेरै गीत गाएर यति धेरै सफल भइसक्दा पनि चर्चा अलि कम भएको हो कि जस्तो लाग्दैन ?
म चर्चाका लागि गाउँदिन । चर्चा कम भन्दा पनि मलाई दर्शक श्रोताले जुन एउटा माया दिनुभएको छ, आशीर्वाद दिनुभएको छ मेरो गीतसंगीतलाई जसरी मन पराइदिनुभएको छ त्यो नै मलाई एउटा सबैभन्दा ठूलो उपलब्धि हो । म गीतसंगीतमा रहिरहने एउटा आधार हो यो । म गीतसंगीतमा चर्चाका लागि भन्दा पनि एउटा सफल गायक, राम्रो गायक, कालजयी गायक भनेर चिनाउनका लागि दिनरात मिहिनेत गरिरहेको छु । गीतसंगीतमा मैले काम गरिरहेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच