काठमाडौं । माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले सरकारले भुक्तानी दिनुपर्ने बैंक खाताबाट भुक्तानी निकाल्दा पनि त्यस्तो खातामा अनिवार्यरूपमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ ।
साथै, नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै उच्चपदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रको विवरण माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । उच्चपदस्थ व्यक्तिहरूको वर्गीकरण, उच्चपदस्थ व्यक्तिको परिवार वा नजिकको सम्बन्ध यकिन गर्नका लागि पनि निर्देशनअनुसार व्यवस्था गरिएको संयन्त्र प्रयोग गर्नुपर्ने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ ।
अहिलेसम्म उच्चपदस्थ व्यक्तिको अभिलेख सो व्यक्ति पदबाट अवकाश वा मुक्त भएको मितिले पाँच वर्षसम्म राख्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले बढाएर १० वर्ष पुर्याएको छ । ‘उच्चपदस्थ व्यक्तिको अभिलेख निज पदबाट अवकास भएको मितिले कम्तीमा १० वर्षसम्म कायम राख्नुपर्नेछ,’ संशोधित निर्देशनमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच