काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग भएको छ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १५ दिनको समयसीमा राख्दै आवेदन माग गरेको हो ।
प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि रिक्त भएको पदमा मन्त्रालयले सिफारिस समिति गठन गरेर नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । साथै, समितिले सूचनामा आवेदन पेश गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात र शुल्कको विषयमा पनि उल्लेख गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच