विराटनगर । आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले माघ ११ देखि २० गतेसम्म आठौँ संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसको मैदानमा एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा औद्योगिक उत्पादन र व्यापारिक वस्तुको प्रदर्शनी हुनेछ ।
एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुनेछ । औद्योगिक एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने काम हुनेछ । त्यसैगरी उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न र नवीनतम व्यावसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ ।
संगठनले २०५३ सालमा पहिलो एक्स्पोका रूपमा कोशी महोत्सवको नामबाट गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरका औद्योगिक एक्स्पोमध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डका रूपमा स्थापित भएको छ । एक्स्पोमा विराटनगर इन्कुवेसन सेन्टरको स्थापना गरिँदैछ । संगठनले विगत तीन वर्षदेखि सञ्चालन गर्दै सफलता हात पार्दै आएको स्टार्टअप तथा इनोभेसन कार्यक्रमलाई थप व्यवस्थित बनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेटसहितको सहकार्य गरेको छ । निजी क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट विराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा विराटनगर इन्कुवेसन सेन्टरको स्थापना गरिने आयोजकले जनाएको छ ।
इन्कुवेसन सेन्टरको औपचारिक सुरुवात र परीक्षणका लागि डेमो इन्कुवेसन कार्यक्रम सञ्चालन गर्न विराट एक्स्पोमा भिजन कोशी हृयाकथुन सञ्चालन गरिँदैछ । यो हृयाकथुनमा नयाँ व्यावसायिक सोच र विचार भएका युवाहरूबीच १० दिनसम्म प्रतिस्पर्धा गराइनेछ । उक्त कार्यशालामा छनोट भएका स्टार्टअपहरूलाई आवश्यक पर्ने सबै प्रकारको सेवा उपलब्ध गराएर मेकअप प्रोटोटाइप बनाउन सहयोग गरिने र अन्त्यमा सबै प्रतिस्पर्धीहरूले थप व्यावसायिक सेवा, इन्भेष्टरहरूसँग प्रत्यक्ष भेट तथा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिनेछ ।
उक्त क्रियाकलापमार्फत् स्टार्टअप इकोशिष्टको अवस्था, चुनौती तथा अघि बढ्न सक्ने सम्भावनाहरूका बारेमा स्टार्टअपका सबै चक्रको अवस्था प्रत्यक्ष उजागर हुने विश्वास उद्योग संगठनको छ । यो पेभिलियनको मुख्य उद्देश्य युवाहरूलाई आफ्नो क्षमता र सीपको परीक्षण गर्ने अवसर उपलब्ध गराउनु हो । संगठनले सञ्चालन गर्दै आएको स्टार्टअप तथा इनोभेसन कार्यक्रमकै परिष्कृत कार्यक्रमका रूपमा यसलाई अघि बढाइएको हो । यो पेभिलियनमा इन्भेस्टर्स मिट तथा नीतिगत छलफलका स्टार्टअप कन्फेरेन्सको पनि आयोजना गर्ने एक्स्पोको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच