✍️ सुरेशकुमार भट्ट
गाउँको पँधेरा मूलपानीका धारामा साँझ बिहान पानी भर्ने पधेर्नी ( पँधेरे) हरूको भिड लाग्ने गर्दछ । यस्तै पँधेरामा पानी भर्नेको भिडबाट आवाज आयो, ‘यो लाज नभाको गाउँ रहेछ ।’ ‘होइन के भयो र कान्छी आमा ? बेसरी रिसाएकी छ्यौ त ?’ एउटी युवतीले सोधिन् । ‘के हुनु नि अहिलेसम्म कोही पनि सोध्नै आउँदैन ।’
‘के कुरा सोधेनन् र दिदी ?’ अर्कीले भनी, ‘के हुनु नि मैले पेट बोकेको सात महिना पूरा भइसक्यो, लाज नभा’का गाउँले एउटा पनि सोध्न आउँदै आउँदैन ए गाँठे ।’ नाम बारुली बानी अरिङ्गाल जस्ती छ्यौ, लोग्ने मरेको पनि १५/२० वर्ष भइसक्यो, अनि के भनेर आउँथे त नि सोध्न’ एउटी बुढी आमैले भनिन् । ‘त्यही भएर त सानीमा आफैँले हल्ला गरेको ।’ ‘अब त आफैँले भनिस् गाउँले जम्मा भएर सोध्लान् नि त । बरू भन न हामीलाई नि कसको हो ?’
पँधेराको खबर सबैलाई पानी भरेर फर्कँदा पानीको मात्र गाग्री भएन कुराको पनि गाग्री भारी भयो । एक कान दुई कान मैदान भइहाल्यो । चैते हुरी झैँ सर्वत्र फैलियो हल्ला । बारुलीका घरका सम्बन्धितहरूले गाउँलेहरू बोलाएर जम्मा भई सोधखोज गरे । बारुलीले फटाफट भनिदिई ।
‘कसको हुनु नि त्यही हिन्दूस्थाने रनेको ।’ बस यति पाएपछि पँधेराको खबर सबैलाई पानी भरेर फर्कदा पानीको मात्र गाग्री भएन कुराको पनि गाग्री भारी भयो । एक कान दुई कान मैदान भइहाल्यो । चैते हुरी झैँ सर्वत्र फैलियो हल्ला । बारुलीका घरका सम्बन्धितहरूले गाउँलेहरू बोलाएर जम्मा भई सोधखोज गरे । बारुलीले फटाफट भनिदिई । त्यही अगाडि उभिइरहेको हिन्दूस्थाने रनेलाई सोधे ‘के हो कुरा भन्’ भने ।
सुरुमा ‘आँ उँ’ गरेर छल्न खोजे पनि बारुली कड्किन थालेपछि छल्न सकेन स्वीकार गर्यो । ‘लौ अगाडि लगाएर लैजा त’ भने । ‘लौ जाने हो त ?’ ‘किन नजाने त नि यसरी मान्छे नजोडिकन लिन आएनौ ?’ ‘भन्नु नि पथ्र्यो नि त ।’ ‘ल भइगो जाऊँ ।’ गाउँलेले लगेर भित्र्याइदिएर भने, ‘लौ बस मिलेर’ । यति भन्दै गाउँलेहरू फर्किए ।
डेढ महिनापछि उसले तीनवटा बच्चा पाई दुई छोरा एक छोरी । श्रीमती बितेको पन्ध्र वर्षपछि रनेको घरमा बारुली श्रीमतीको रूपमा मात्र भित्रिन आइन एकै बेतमा तीन छोराछोरीसमेत पाइदिई । १५/२० वर्षपछि फेरि बिधवा र विदुर बुढा र बुढी भएर नयाँ घरजम गरे । रनेको घरको नक्शै बदलियो । अब त बारुली पनि अहिबाती भएर रङ्गीन पहिरनमा शोभित भई चिटिक्क रातो सिउँदो पारेर रनेकै कारण ।
ती तीन शिशुहरू हेर्नेको दैनिक भिड लाग्दैगयो । एक महिनापछि एउटा छोरा गए नि बाँकी दुईटा छोराछोरी दुःख जिउलो गरेर हुर्काए । यो बटुवारेलाई पनि ती तीन शिशुलाई हिउँदको घाममा बाटाका छेउको गरामा कतै सुताइराखेको अवस्थामा देख्ने अवसर मिल्यो कि ? भन्ने आभाष भइरहेको छ आँखाले देखेर र कानले सुनेर । त्यति बेला तीनवटा अनौठो लागे पनि पछि तीन, चार, छवटासम्म पनि देखियो सुनियो ।
माहात्म्य- तर लामो समयपछिको संसर्गले तिम्ल्याहा चम्ल्याहा भएका त होइनन् ? भन्ने जिज्ञासाले भने त्यतिबेलैदेखि धेरैको मनमा घर गरिरहेको छ अनौठो तरिकाले सायद यो पनि सोधखोजकै विषय बन्ने होला विषय विशेषज्ञताका लागि । वर्तमानमा सीमा विवादमा सन् १९६२ मा राजा महेन्द्र, २०३२ को नक्शामा राजा वीरेन्द्र, अनि राजाका हिमायती अनि सीमाविज्ञ महाशयहरू जो जसले जागिर खाँदा चुप अहिले बसउठ गर्दैगर्दा बारुलीकै बोली बोलेका होइनन् र ? अनि बाहिर भुक्नेभित्र ढुक्ने पंक्तिले पनि बारुलीले झैँ बोले कसो होला ? पेटको कुरा भन्ने जिकिर मेरो । अनि हामीबुज्रुक जनता र २०४६ पछिका सरकार र सरकारी कर्मचारी अनि दार्चुलाका स्थानीय किन ट्वाल्ल परेर अलमल्ल ? (बारुली र हिन्दुस्थाने रने नामका काल्पनिक प्रतिनिधि पात्रहरूका नाम हुन् तर बारुली त्यति बेलाकी साहसिक नारी पात्र पनि हो ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच