आँखा खोलेँ वा चिम्लेँ-मलाई थाहा छैन । गएँ वा आएँ त्यो पनि मलाई थाहा छैन । म सोध्छु आफूलाई-यो भवसागरमा किन आइस् कले तँ ? इच्छाले हो र ? प्रश्नको उत्तर प्रश्नले नै दिनु अझ अर्को उत्तर नभएको प्रश्न गर्नुजस्तै मजा हुँदोरहेछ । कसरीको अलिकति गर्त खोतल्दा यौनोन्माद दुई भालेपोथी चरम स्वार्थपूर्तिका सङ्घर्षमा झिलिक्क उछिट्टिएको झिल्को भ्रुणस्वरूपमा सुरक्षित भएर आएको हुनुपर्छ म, हो नै म, अर्को अर्को सबै । यो भ्रुण रक्षा पनि रक्षक ऊ, उनी, म, अर्को अर्को सबै सबैले आआफ्नै सुरक्षास्वार्थको परिणति हो जो म आफैँ गर्न खोज्दै छु । गरिरहेको छु ।
के तँलाई थाहा छ यो दुर्घटनाको झिल्को सुरक्षित हुने धरावतरण गरेको समयाभास ? सुनेको छु । भन्छन्, तिनै सुरक्षाका पोकाहरूले । समय अन्धकार नै थियो निस्पट्ट बिहानको बेला, सम्भवतः सोमबार हुनुपर्छ दुई हजार सोह्र फागुन आठको त्यो अरूका सोचमा स्वर्णिम बिहान मेरो सोचमा अभिशप्त बिहान जहाँ मेरो दुःख गुड्ने तातो चिहान बन्यो जसमा म खरानी घसेर जीवन सङ्घर्षको मदान घुमी दही मथ्दैछु ।
चौबीसै घण्टा एक झिप्को आँखाका परेली जोरिने समयबाहेक सम्पूर्ण कार्यक्षेत्रमा खट्ने काम नारीको ठान्ने समाज । भान्सा तयार गरेपछि वर्तमान विवाह गरे जतिले जाडोमा काम्दै र गर्मीमा पसिना चुहाउँदै चुलामा खाने । बाँकीले अँगेना वरिपरि बसेर चुलाको साँध नछोइने गरी ।
मान्छे मानिस भएर धरा ओर्लनुमा गौरवको हुङ्कारले नाकका पोरा फुलेर कुर्लन्छन् । तँ हर्षका हात नफैलाई दुःखको निनाद जताततै सुसेल्छस् किन कले ? आत्म नढाँटी भन् तँ । त्यहीभित्रको दाग, कालो दम्भ जसले कहिल्यै खोल्दैनन्, छोप्छन् । जीवनभर रुन्छन् दाँत हाँसेर । म दाँत रोएर जीवन हाँस्नाका लागि त्यो अभेद्य बिहानको अन्धकारमा जिउँदो यमलोकभित्र ओर्लिएँ जहाँ कसैमा खुसी थिएन । खुशी राख्ने ठाउँ पनि थिएन । म मेरो लिङ्गका हिसाबले आठौँ पुत्र, सबै सदस्य सङ्ख्याको गणितीय जोडघटाउमा एघारौँ सदस्य । भौगोलिक दृष्टिले राजधानीको आँखाबाट निशाना ताक्दा विकट् पूर्वसगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लाअन्तर्गत बिगुटक्सार जसलाई पञ्चायत भनिन्थ्यो त्यस बेला दुई नम्बर वडाको बुके नामक सोते टोलमा च्याँहाँको प्रथम ध्वनि गुञ्जित भएँ । अर्को तरिकामा क्रन्दित भएँ ।
न स्यारको सोख, न प्यारको प्रबन्ध । ढुङ्गोमाटोको खम्बा खरको शिर । धुवाँमा रुमलिँदै च्यातिएको शरीर । अस्पष्ट दिनमै रात अँगालेको म आशाको नाम के हो ? उल्लासको अनुहार कस्तो हो ? जान्दिन । एकमात्र पण्डित बाबुको आयआर्जनको पथगरुड, पुराण, सराद्धे, पूजाआजा फत्फताएर टपरा टक्टक्याउँदै जोडिने भारी नै मजुवाबारी बनेको थाहा छ । आकाशे खेतमा खडेरी लाग्दा वा खण्डवृष्टि-अर्को पण्डितले जजमान लगिदियो भने निख्लाम पेट सारङ्गी बजेर पर्मअर्मको गीतमा पसिनाको अञ्जुली उघाउनुपथ्र्यो सामन्तका बारीखेतमा । आफ्ना खेतबारीका कठोर श्रमले बल्लतल्ल भ्याउँथ्यो तीन महिना वर्षको । हर्ष झरोस् कताबाट ? अभावको आगोले खारिएकी आमा चरम स्वार्थको घेरामा बाँधिइरहिन् जिन्दगीभर ।
दुःखको चौकोस खोलेर छातीभरि स्वतन्त्र सुनाखरी फुलेका बाबु यतिसम्म उदार उदात्त भए घरभरि उनीसमेत पन्ध्र टाउकाका सामु आफैँले ऋण खोजेर ल्याएको एक पोल्टो कोदो आमा हतार हतार लुकाउन दौडन्थिन् । बाबु पण्डित नन्दलाल भोकको सारङ्गी बजाउँदै सामु आएका माग्नेलाई दौडेर गई त्यही कोदो ल्याएर फ्याक्क आधा पारी दिई पठाउँथे । यी दुईका विपरीत व्यक्तित्वको प्रभाव लाहाछाप बनेर मेरो जीवनको पदचाप हिँडिरहेछ हिँडिरहेछ । यतिका विधि सन्तानमा माइली दिदीलाई छाडेर अरू कसैमा बाबुको उदार उदात्त संस्कार नजन्मनुको पीडाभित्र म कसरी आशाका बत्ती जलाउन सकूँ र खोइ ?
यौनझिल्को भ्रुणमा परिणत भएर बढ्दै जमिनमा ओर्लेपछिको घिनलाग्दो सालनालको थुप्रो टपक्क टिपेर फुत्त फालेको भए के नै फरक पथ्र्यो र ? न उनीहरूलाई पाल्नको दुःख, न मैले नै सांसारिक जीवनका ताता कराहीमा पड्किनुको गर्नुपथ्र्यो पीडाबोध ? उता के छ ? कसलाई थाहा ? यसो गरिएन किन ? सहज उत्तरित अर्थमा नै उत्तर छ यसको । दार्शनिक अध्यात्मको अन्तर चेतना अचेतन मनबाटै उद्धेधित भएर पहिलो पापकर्म प्रक्षालनार्थ राखे, हुर्काए, बढाए, पढाए तिघ्रे बनाए । कर्मकाण्डे अध्यात्मले भन्छ- बाबुआमा देवीदेव हुन्, पूजा गर्नुपर्छ सधैँ । अन्तिम मूर्खका मुखबाट निस्केको महावाणी हो यो ।
देवीदेवता अमर ठान्ने अध्यात्मको छुद्रभेद सबै जस्तै मर्ने सधैँ मर्ने बाबुआमालाई कसरी देवीदेव ठान्छन् ? परम्परागत अन्धताको चरम रूप प्रमाणका रूपमा यहीँ देखिन्छ । अर्काका आडमा विश्वास सुम्पेकाहरू तर्कसङ्गत आफ्ना अडानमा कहिल्यै हुँदैनन् । कारण उनीहरू अर्काकै पुच्छर बनेर हल्लिरहेका हुन्छन् । बाबुआमा बन्नु नै स्वार्थ हो, पापी मनोदशाको उपज हो । त्यही पापकर्मको दण्ड हुर्काउने/बढाउने/पढाउने कार्यहरू हुन् । यसमा न मायामोहको मात्रा हुन्छ, न ईश्वर अनिश्वरको जात्रा । जसरी मेरा बाबुआमाले मलाई यो बनाएर तिरे त्यसरी नै म छोराछोरीलाई यस्तै बनाएर तिर्छु । अर्को अर्को अनन्तलर्को आयो यसरी नै । जान्छ यसैगरी । न कोही कसैको देवीदेव, नकोही कसैको भक्तभक्तिनी ।
यस्ता उट्पट्याङ् कुरा तैँले जन्मदै जानेको होस् त कले ? दुष्ट मन जुरुक्क उठेर प्रश्न उफार्छ । अर्को सज्जन मन हतारिँदै उत्तरका ओठहरू फर्फराउँछ । कहाँ हुनु ? जिन्दगीका जाँतामा पिसिएर अनेकौँ उतारचढावका डल्ला फोर्दै कर्मकाण्डे पण्डित परम्पराले फिँजाएका दरिद्र अतीतका घोप्टे अनुहार हेर्दाहेर्दै दिक्क भएपछि ब्रहृमानन्दको झिल्को झिलिक्क बल्दोरहेछ । त्यही झिल्को संस्कारमा रूपान्तरित हुने समय प्रतीक्षाका पछाडिमात्र यो उद्दाम वाटिका चुम्न सक्छ मान्छे, सकिँदोरहेछ ।
जजमाने याचक पण्डित समाज एकातिर निरक्षर गोठाले समाज अर्कोतिरको त्यो अन्धकार गुफा जहाँ अभिभावक नै अन्धविश्वासका अजिङ्गरे जिब्रा लप्लपाउँथे । नारीहरू कुखुरा नबास्दै उठ । माघको ठुक्ठुकाउँदो ठिहीमा पनि बरफ जम्न लागेको पानीभित्र डुबुल्की मार । पातला जिल्जिले वस्त्रले शिरपाउ छोपेर भान्सा तयार गर । पुरुषले मस्त सुत्न पाउनुपर्छ । मात्र एक लगको कार्यदात्वि हो पुरुषको भन्ने समाज । अझ यो त सामान्य मानौँ लोग्ने मर्दा स्वास्नीले जिउँदै चितामा जल्नुपर्ने कारुणिक निकम्मा संस्कारबाहक समाजका उपज हामीहरू ।
चौबीसै घण्टा एक झिप्को आँखाका परेली जोरिने समयबाहेक सम्पूर्ण कार्यक्षेत्रमा खट्ने काम नारीको ठान्ने समाज । भान्सा तयार गरेपछि वर्तमान विवाह गरे जतिले जाडोमा काम्दै र गर्मीमा पसिना चुहाउँदै चुलामा खाने । बाँकीले अँगेना वरिपरि बसेर चुलाको साँध नछोइने गरी । मरुमारुमा बुढो बच्चो जोसुकै होस् रुने/कराउने/चिच्याउने जोडजोडसँग । पूजापाठ, नित्य नुहाउने गाईभैँसी भोकभोकै भए पनि । बारीका पाटाहरू बाँजाबाँजै भए पनि ।
आकाशे खेतमा खडेरी लाग्दा वा खण्डवृष्टि–अर्को पण्डितले जजमान लगिदियो भने निख्लाम पेट सारङ्गी बजेर पर्मअर्मको गीतमा पसिनाको अञ्जुली उघाउनुपथ्र्यो सामन्तका बारीखेतमा । आफ्ना खेतबारीका कठोर श्रमले बल्लतल्ल भ्याउँथ्यो तीन महिना वर्षको । हर्ष झरोस् कताबाट ? अभावको आगोले खारिएकी आमा चरम स्वार्थको घेरामा बाँधिइरहिन् जिन्दगीभर ।
तैँले के लछारिस् त ? भएको ओठले फत्फताउन त जसले पनि जान्दछ नि ? फेरि उही दुुष्ट मनमेरो पाण्डित्य व्याख्यानको अवरोधक बनेर उभियो । गरेँ । गर्नसम्म गरेँ । आनुपातिक अर्थमा गर्नेभन्दा धेरै गरेँ । त्यो जङ्गली जमानामा, त्यो निरक्षर अँध्यारो रातमा छालाका जुत्ता जिन्दगीभर नलगाउने प्रतिज्ञा अनजानमै गरिसकेको मैले अर्को एउटा अठोट गरेँ । ठूलो दर्द सामु आएपछि साना घाउ त्यत्तिकै खाटा बस्छन् भन्ने मान्यता मनको शिरमा राखेर म उभिएँ । ठीक खाने बेलामा घरघर घरैघर चहार्ने, दलानमा रहेका त्यसै घरका छालाका जुत्ता लगाउने र अँगेनानिर बसेर ढिँडो माग्ने । लगातार यसो गर्न लाग्दा कैयौँ पटक कैयौँ घरमा त चुटिन पनि विवश हुनुपथ्र्यो ।
पन्ध्रबीस दिनपछि आफू चाहिँ अँगेनामा बसेर खान पाउने भएँ वर्तमन गरेको भए पनि । क्रमशः युवा लर्को मेरापछि लाग्न लाग्यो, म फुरुङ्ग यतिमै त्यसबेला विजयी उन्मादले । छ महिनाभित्रै कट्टरपन्थी चन्दने पण्डित मेरा बालगायत बाहेकमा तयार भएर खाने चलन स्वैच्छिक बन्नपुग्यो । विनाविद्रोह, विनासडकजाम, विनापत्थरबाजी, विनाहिंसा सच्चा परिवर्तनको स्वरूप यो । चौडा खराबीको सानो उदाहरण दिनासाथ अन्धविश्वासी मन के गरौँ के नगरैँको हतासमा किंकर्तव्यविमूढ बन्न पुग्यो । अप्रत्यक्ष तर उत्तरमा असल मन उत्साहित बन्न सफल भयो ।
मर्दा रुन्छस्, जन्मदा हाँस्छस्, किरियाकाज गर्छस् ? यस दुर्जन मनले ठान्यो यसलाई थला पार्छु । वैचारिक अतलगर्तमा डुबिसकेको मन किन डग्थ्यो, डराउँथ्यो ? कड्क्यो-गर्दिन । हाँस्यो दुर्जन मन र बोल्यो-कुरा त सबैले गर्छन्, काम ? आहा ! क्या मिठो ठाउँमा पुर्यायो मेरो सज्जनमनलाई यस दुर्जन मनले । उसले देखेको छ र सज्जनमनले पनि देखेको छ-भन्नेहरू थुप्रै हुन्छन् दुनियाँमा तर जन्मदा हाँस्छन्, केक काट्छन्, बढाइँ गर्छन्, खुसी मनाउँछन्, नाँच्छन्, गिटार बजाउँछन्, पास्नीछेवर, वर्तमान गर्छन् ।
करोडको खर्च सानले बिहे गरेको गर्वमा नाकका पोरा फुलाउँछन्, बाँचुञ्जेल धारे हातले सरापेर खानलगाउन नदिई आमाबाबुलाई वृद्धाश्रम धपाउने स्वाँगे अमानव छोराछोरी नै मृत्युका खबरले छातीमा हात पिट्दै, सिमन्टीमा टाउको ठोकेको देखावटी बाहना गर्दै टाउका मुडेर सेता पगरी बेर्छन् शिरमा । यस्तै दृश्य देखेको र व्यवहार पनि यस्तै गर्दै आएको दुष्ट मनले कसरी विश्वासमा मन समर्पित गरोस् ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच