काठमाडौं । बलिउड अभिनेता समालन खानले विवाह गर्न नचाहनुको कारण उनका बुबा सलिम खानले खुलाए छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ ।
उनका बुबाका अनुसार ‘हुनेवाला श्रीमतीमा आमाको गुण खोज्ने’ सलमानको ब्यवहारका कारण विवाह हुन नसकेको हो । सलमान आफ्नी श्रीमतीले आमाले जस्तै व्यवहार गरोस भन्ने चाहन्छ । उनी बाहिरी काम गर्ने युवती भन्दा पनि घरमा बसेर सलमान र उनका परिवारको हेरचाह गर्ने युवती चाहन्छन् । यस्तो युवती अहिले भेट्टाउन गाह्रो भएको भन्दै यही कारणले उनको विवाह हुन नसको सलिमले खुलाएका हुन् ।
‘सलमान प्रायः फिल्मका हिरोइन मन पराउँछन्। तर, जब अभिनेत्रीसँग सम्बन्धमा हुन्छन्, तब उनी उनीहरूमा आमाका गुण खोज्न थाल्छन्। र, आमाजस्तै होस् भन्ने चाहन्छन्’ सलिमले भनेका छन्–‘करिअर–उन्मुख महिलाले आफ्नो करिअर छाडेर घरको हेरचाह गरोस भन्ने चाहना राख्नु नै उसको विवाह नहुनुको कारण हो।’
करियर बनाउँदै गरेका चर्चित युवती मन पराउने अनि अपेक्षा चै आमाले जस्तै घर र बच्चाहरूको हेरचाह गरून्, स्कुल लैजाउन, गृहकार्यमा मद्दत गरुन, खाजा÷खाना बनाउन भन्ने चाहना नै सलमानको विवाह नहुनुको कारणका रुपमा उनले व्याख्या गरेका छन्।
सलमान खान अव छिट्टै फिल्म ‘सिकन्दर’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दना पनि मुख्य भूमिकामा देखिनेछिन्। यो फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुनेछ। तर, रश्मिका घाईते भएका कारण अहिले सुटिङ रोकिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि