काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाका मनोहरा नदी फाँटमा यति बेला किसानहरू आलु खेतीमा व्यस्त देखिएका छन् ।
नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता भने बढ्दै गएको छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पुस १ देखि २६ गतेसम्म करिब ५ हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । साउनदेखि कात्तिकसम्म नेपाली आलुको उत्पादन असाध्यै कम हुने भएकाले यो बेलामा विदेशको आयातमै भर पर्नुपर्ने विकास समितिले जनाएको छ ।

समितिका अनुसार गत वर्ष असोज महिनामा कालीमाटी बजारमा छ हजार टन आलु भित्रिएकामा लगभग ६० प्रतिशत भारतबाट आएको थियो तर यो वर्ष सोही बजारमा असोजको २६ गतेसम्म पाँच हजार मेट्रिक टन आलु भित्रिएकामा ८० प्रतिशत आलु भारतबाट भित्रिएको छ । बाँकी मात्रै स्वदेशको दोलखाको मुडे, मकवानपुरको पालुङ, नुवाकोट, काभ्रे, ओखलढुङ्गालगायतका ठाउँबाट आएको छ ।
कालीमाटी बजारमा भित्रिएको तरकारीले उपत्यकावासीको मागको लगभग ७५ प्रतिशत माग धान्ने गरेको छ भने बाँकी माग बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरका तरकारी बजारबाट पूर्ति हुने गरेको छ ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं