
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाका मनोहरा नदी फाँटमा यति बेला किसानहरू आलु खेतीमा व्यस्त देखिएका छन् ।
नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता भने बढ्दै गएको छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो ।
देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पुस १ देखि २६ गतेसम्म करिब ५ हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । साउनदेखि कात्तिकसम्म नेपाली आलुको उत्पादन असाध्यै कम हुने भएकाले यो बेलामा विदेशको आयातमै भर पर्नुपर्ने विकास समितिले जनाएको छ ।
समितिका अनुसार गत वर्ष असोज महिनामा कालीमाटी बजारमा छ हजार टन आलु भित्रिएकामा लगभग ६० प्रतिशत भारतबाट आएको थियो तर यो वर्ष सोही बजारमा असोजको २६ गतेसम्म पाँच हजार मेट्रिक टन आलु भित्रिएकामा ८० प्रतिशत आलु भारतबाट भित्रिएको छ । बाँकी मात्रै स्वदेशको दोलखाको मुडे, मकवानपुरको पालुङ, नुवाकोट, काभ्रे, ओखलढुङ्गालगायतका ठाउँबाट आएको छ ।
कालीमाटी बजारमा भित्रिएको तरकारीले उपत्यकावासीको मागको लगभग ७५ प्रतिशत माग धान्ने गरेको छ भने बाँकी माग बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरका तरकारी बजारबाट पूर्ति हुने गरेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच