काठमाडौं । काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ ।
‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट भएको तथ्यलाई व्यवहारिक ज्ञान र सीपको माध्यमबाट पुष्टि गर्न दृष्टि प्रदर्शनी आयोजना गरिएको प्रष्ट पार्नुभयाे । यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा अन्तरनिहित क्षमता आदानप्रदानमा सहयोग पुग्नुका साथै इन्जिनियरिङ र प्राविधिक ज्ञान, कला, शैली र क्षमता अभिवृद्धि हुने तथा नयाँ नयाँ अन्वेषणमा समेत मद्दत मिल्ने बताउनुभयाे ।
प्राचार्य प्रधानले कतिपय विधामा विभिन्न कलेजका विद्यार्थीको सहभागिता र प्रतिस्पर्धाले शिक्षामा गुणस्तर वृद्धि गर्न र नेपाललाई इन्जिनियरिङको पनि हव वनाउन टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयाे ।
कलेजका उप प्राचार्य एसोसिएट प्रोफेसर आर्किटेक्ट शैलिता जोशीले ‘दृष्टि ३.०’ मा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चरसँग सम्वन्धित विविध प्रदर्शनीहरु समावेश भएको जानकारी दिनुभयाे ।
उप प्राचार्य जोशीले लाखौं रुपैयाँको प्रतियोगिता रहेको हाकाथन, कोड कम्पिटिसन, गेमफेस्ट, रोबोवार, रोबो सकर, रोबो दृफ्ट तथा इलेक्ट्रिसिटी जेनेरसन, पारहाउस, थानकोट टनेल, एवं विभिन्न मठमन्दिर, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको आर्किटेक्चरल डिजाइन र मोडेललगायतले प्रदर्शनीलाई आकर्षक बनाइएको र यसले नयाँ पुस्तालाई ईन्जिनियरिङ शिक्षा तर्फ आकर्षित गर्ने समेत बताउनुभयाे ।
कम्प्युटर विभागका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले प्रदर्शनी इन्जिनियरिङ बुझ्नेका लागि मात्र नभई बुझ्न खोज्नेहरुका लागि पनि अत्यन्तै उपयोगी रहेको बताउनुभयाे । देशभरका धेरै इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले पनि प्रदर्शनीमा भैरहेका विविध प्रतियोगितामा भाग लिइरहेका उहाँको भनाइ छ ।
इन्जिनियरिङ प्रदर्शनीसंगै गीत-संगीत, नृत्य, विभिन्न खेल, वाद-विवाद, कविता र हाजिरीजवाफ प्रतियोगिता त्यसैगरी साँस्कृतिक झाँकी, स्टान्ड अप कमेडीलगायतका प्रस्तुतिले पनि प्रदर्शनीप्रति अवलोकनकर्ता आकर्षित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच