
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी बन्नुभएको छ ।
शनिवार राप्रपा नेपालले काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको हो । साथै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
चियापान समारोहमा पुग्नुभएका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच