
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताउनु भयो ।
लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्दामात्र सफलता प्राप्त हुने बताउनु भयो ।
उहाँ भन्नुभयोे,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोलि कुनै चिजको परिणाम प्राप्त हुँदैन । तर, निरन्तर लागेपछि अवस्य सुखद परिणाम प्राप्त हुन्छ ।’ युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गर्नु भयो ।
‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’उहाँले भन्नुभयोे,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन युवाहरुमा आग्रह गरे।‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस, श्रेष्ठता हाँसिल गर्नुस’उहाले भन्नुभयो,‘गरे के हुदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’
प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गर्नु भयोे ।‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनानै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्रि मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’उहाले भन्नुभयोे,‘विश्व जगतलाईनै आकर्षीत गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षीत गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यन्त्री आचार्यको छ ।
मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशिल जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पार्नु भयो । शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासंग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्दाको स्मरण समेत गर्नु भयो । ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोगसंग जुधेँ । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उहाँले भन्नुभयोे,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसंग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’ त्यागको भावना बोकेर आफु अघि बढेको समेत बताउनु भयो ।
‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढीरहेको छु । सुशासन कायम गर्न आफैबाट सुरु गर्नुपर्छ भनेर पूर्व बिशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’उहाँले भन्नुभयो,‘सुधारका कामहरु गर्दै जाने हो । समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ ।’
हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशिलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच