
मकवानपुर । मकवानपुरको मनहरीमा भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
उपचारको क्रममा चितवनको राप्ती नगरपालिका–२, गड्यौलीकी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपाटस्थित पूर्व-पश्चिम सडक खण्डमा स्कार्पियो र कार आपसमा ठोक्किँदा- १४ जना घाइते भएका थिए भने दुईजनाको मृत्यु भएको हो ।
यसअघि दुर्घटनाको क्रममा हेटौँडा-४ घर भएका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो । वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मृत्यु भएका दुवैजना कारमा सवार व्यक्ति रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरेन्द्रले कार चलाएका थिए । यस्तै, घटनामा परी अन्य १२ जना घाइते छन् । उनीहरू सबैको चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच