काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् । माघ ४ गतेदेखि हुने एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ ।
राउन्ड रोबिन लिगमा १५ खेल हुनेछन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफायर एक खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।
लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर दुईमा पुग्नेछ । क्वालिफायर एकमा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वालिफायर दुईमा जित हासिल गर्ने टिमले फाइनलमा स्थान बनाउनेछ । फाइनल माघ १८ गते हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिनेछ । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुनेछ । एक खेलमात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी