
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुद्ध एयरबाट प्रदान गरिने छुट प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बुद्ध एयरबाट प्रदान गरिने विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई टिकट शुल्कमा आठ प्रतिशत र बैंकमा कार्यरत कर्मचारीलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरका तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गर्नुभयो थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच