काठमाडाैं । शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ । जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ ।
विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ । हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् ।
आगलागीले दशौं हजार बासिन्दाहरूलाई विस्थापित गरेको छ । कम्तिमा ७० हजार घरहरू खतरामा छन् भने १० हजार नष्ट भएका छन् । प्रारम्भिक अनुमानहरूले डढेलोबाट हुने आर्थिक क्षति ५२ अर्बदेखि ५७ अर्ब अमेरिकी डलरको बीचमा रहेको देखाएको छ ।
जुन २०१८ को क्यालिफोर्नियाको डढेलोबाट भएको विनाशभन्दा बढी हो । जेपी मोर्गनका विश्लेषकहरूले बीमा गरिएको क्षति २० अर्ब डलरभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच