
हेटौंडा । मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट घाइते बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी ६ बहादुर थिङको २ बर्षिया छोरी पुजा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित भित्री सडकखण्डमा बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले ठक्कर दिई घाइते भएकी थिइन् ।
घाइते बालिकाको उपचारको क्रममा हेटौंडा अस्पतालमा आज दिउँसो ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच