
मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा यही जनवरी १९ का दिन नेपाली कलाकारको प्रस्तुति हुने भएको छ । मुम्बईमा सामाजिक कार्यकर्ता सागर भण्डारी र जगदीश बाब्लीको आयोजनामा हुने यस कार्यक्रममा नेपालका चर्चित कलाकार राजु परियार, देउडा गायिका संगीता बडुवाल, सुमन ताम्राकारलगायत कलाकारहरूले प्रस्तुति दिन लाग्नुभएको हो ।
युरेसिया रेयुकाई र नवज्योति हेल्प प्रालिको आयोजनामा मुम्बईमा रहेका नेपाली समुदायलाई लक्षित गरी आयोजित यस कार्यक्रमले प्रवासी नेपालीहरूलाई एकैठाउँमा ल्याउने अपेक्षा गरिएको छ । लामो समयदेखि मुम्बईमा बस्दै आउनुभएका भण्डारी र बाब्लीले दुःखी पीडित नेपालीहरूलाई सहयोग गर्दै आउनुभएको छ । उहाँहरूले यस कार्यक्रममार्फत मुम्बईमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव कायम गर्न पनि सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।
जनवरी १९ का दिन दिउँसो चार बजे मुम्बईस्थित दादरमा रहेको ब्राहृमण सेवा मण्डलको हलमा कार्यक्रम हुने तय भएको आयोजक भण्डारीले जानकारी दिनुभयो । उहाँले मुम्बई र त्यस आसपासमा रहेका सबै प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा उपस्थित हुनसमेत आग्रह गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच