
काठमाडौं । राजेश खनालको नयाँ पुस्तक ‘चिकित्साका चौध तारा’ लोकार्पण गरिएको छ । खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ काठमाडौंमा एक कार्यक्रमबीच दिव्य शताब्दीपुरुष डा.गौरीशंकर लाल दासले लोकार्पण गर्नुभएको हो । कृति सार्वजनिक गर्दै १०१ वर्षीय डा.दासले खनालको यो पुस्तकले पहिलेका चिकित्सकले त्यो समयमा कसरी काम गरेका थिए भन्ने दर्साउने बताउनुभयो । आफ्ना पुराना दिनहरूको सम्झना गर्दै उहाँले तिनताक बिरामीको उपचार कसरी गरिन्थ्यो भन्ने विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृतिमा वरिष्ठ चिकित्सकहरूको जीवनी समेटिएको बताउनुभयो । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले कृतिकार खनाल र पुस्तकको चर्चा गर्नुभयो । काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष विमलकुमार होडा, समाजसेवी अरुणसिंह बस्नेत, लेखक खनाल र साहित्यकार देविका तिमिल्सिनालगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
खनालको यो पुस्तकभित्र १४ वरिष्ठ चिकित्सकहरू डा.कृष्णजंग राणा, डा.गौरीशंकर लाल दास, डा.दिनेशनाथ गोंगल, डा.मणिन्द्ररञ्जन बराल, डा.मृगेन्द्रराज पाण्डे, डा.यन्तमणि प्रधान, डा.रामप्रसाद पोखरेल, डा.लोकविक्रम थापा, डा.विश्वराज दली, डा.शंकरप्रसाद उप्रेती, डा.सरस्वती पाध्ये, डा.सुदीपकुमार भट्टाचार्य, डा.सुन्दरमणि दीक्षित र डा.हेमांग दीक्षितको व्यक्तिवृत्त समेटिएको छ ।
दुई अग्रज चिकित्सकहरू डा.अञ्जनीकुमार शर्मा र डा.बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरण समेत यसमा राखिएको छ । रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको यो पुस्तकको मूल्य ३९५ रुपैयाँ कायम छ । खनालका यसअघि ‘पाइला आफ्नै आफ्नै’ र ‘घुरको धुवाँ’ जस्ता कृति पाठकमाझ आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच