
काठमाडौं । आगामी चैत २२ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा अभिनेता प्रकाश सपुतले निर्देशन गरेको यस चलचित्रको गीतले दर्शकलाई ग्रामीण परिवेशको मनमोहक झलक दिएको छ । गीतले चलचित्रका दुई पात्र वसन्त र शान्तिको प्रेमलाई दर्शाएको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको यस गीतमा सपुत आफैं र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । सपुतकै शब्द तथा संगीत रहेको गीतमा मौसम हिमालीको कोरियोग्राफी र प्रवीण भट्टको सम्पादन छ ।
गीतको भिडियोमा सपुतले आफ्नो जन्मथलो बागलुङको यानिमाया, सालैजो र घाँस दाउरा जस्ता स्थानीय संस्कृति र परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ । भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्कबहादुर पुन (खबपु)लगायत कलाकारहरू फिचर्ड हुनुहुन्छ ।
‘वसन्त’ चलचित्रले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र संघर्षको कथा प्रस्तुत गर्दछ । सपुतले यस चलचित्रमा कथा, पटकथा र संगीत पनि आफैं तयार पार्नुभएको छ । बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारहरूको पनि अभिनय छ । निर्देशक सपुतले ‘वसन्त’ निर्माणमा आफ्नो टिमले निकै मिहिनेत गरेको बताउँदै दर्शकले यस चलचित्रलाई मन पराउनेमा विश्वस्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच