
वासिङ्टन डिसी । चर्चित अमेरिकन युट्युबर मिस्टर विस्टले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गर्नुभएको छ। हालै विष्टले क्रिसमसको एउटा तस्बिर शेयर गर्नुभएको छ । यसमा उहाँ आफ्नी प्रेमिका थिया बोयसेनलाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिनुहुन्छ ।
२६ वर्षका विस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । युट्यूबमा झन्डै ३४ करोड सब्सक्राइबर भएका उहाँ विश्वकै चर्चित युट्युबर मध्ये एक हुनुहुन्छ ।
मिस्टर बिस्ट विश्वका धेरै देशहरूमा बालबालिका र युवाहरूमाझ निकै लोकप्रिय हुनुहुन्छ। मिस्टर विष्टका इन्स्टाग्राममा ६ करोड ४० लाख र एक्समा ३ करोड १ लाख फलोअर्स छन् ।
दक्षिण अफ्रिकाकी थिया पनि इन्फ्लुएन्सर हुनुहुन्छ। उहाँले थियाविष्टी नामबाट एउटा युट्युब च्यानल खोलनुभएको छ। यसमा करिब ४० हजार सब्सक्राइबर छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच