
इलाम। इलामकी गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित ‘हिमालयन एथ्निक गायन प्रतियोगिता ’मा दोस्रो स्थान हासिल गर्नुभएको छ । वर्णमाला परिवारको आयोजनामा सञ्चालन भएको गायन प्रतियोगितामा उहाँले दोस्रो स्थान प्राप्त गर्नुभएको हो ।
प्रतियोगिताको ‘टप थ्री लाइभ प्रस्तुति’ मा उहाँले द थ्री सिज ब्याण्डसँग मिलेर विशेष प्रस्तुति दिनुभएको थियो । शेर्पा भाषाको गीतमा टुंना बजाएर उहाँले दिएको प्रस्तुतिलाई सहभागीहरुले प्रशंसा गरेका थिए । प्रतियोगिता जनवरी ११ तारिखमा सम्पन्न भएको थियो ।
नेपालबाट छनोट भएकी गायिकाले फाइनलसम्म यात्रा तय गर्दा प्रशंसा पाइरहनुभएको छ । प्रतियोगितापछि आफू अत्यन्तै खुसी भएको साथै आफ्नो संस्कृतिप्रति आभारी रहेको बताउनु हुँदै गायिका फुटिले सधैं संगीतका लागि प्रेरित गरेको प्रतिक्रिया दिनुभएको छ ।
हाल उहाँ हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको सचिव, शेर्पा समुदायको चर्चित टुङ्ना (डाम्ङ्यान) बाधक साथै विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँ रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्ने पहिलो शेर्पा समुदायकी महिला गायिका समेत हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच