अर्घाखाँची । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपालको वर्तमान संविधानलाई उत्कृष्ट दस्तावेजको रूपमा व्याख्या गर्नुभएको छ। गृह जिल्ला अर्घाखाँचीमा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान सबै क्षेत्रलाई समेटेर निर्माण गरिएको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख मियाँले संघीयताबारे भइरहेका भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चारजगतले त्यसलाई चिर्ने जिम्मेवारी लिने समय आएको बताउनुभयो। “देशका ठूला परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । संघीयता कार्यान्वयनको यो चरणमा पनि सञ्चार माध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले संघीयताका फाइदाहरूमाथि गहिरो ध्यान नदिइ बेफाइदाका नाममा गलत प्रचार गरिनु निन्दनीय भएको टिप्पणी गर्नुभयो । “संघीयताको सकारात्मक पक्षलाई ओझेलमा पार्ने काम भइरहेको छ। यो स्थिति रोक्न सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्छ,” मियाँले थप्नुभयो।
प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै, आफूले पदभार ग्रहण गरेपछि प्रदेशलाई व्यवस्थित बनाउन नयाँ अभ्यासहरू थालिएको र त्यसले सकारात्मक नतिजा दिएको दाबी गर्नुभयो। “म प्रमुख भएर आउँदा प्रदेश अस्तव्यस्त थियो । अब केही सुधारका अभ्यासले परिणाम देखाउँदैछन्,” उहाँले भन्नुभयो ।
संविधान र संघीयताबारे सकारात्मक दृष्टिकोण फैलाउन सञ्चार क्षेत्रले अझ सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि