गुल्मी । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको गुल्मीमा पनि गठन गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ को भाग ६ को धारा २४ अनुसार यस जिल्लाको अध्यक्षमा रेसुङ्गा नगरपालिका वडा नम्बर-२, निवासी भरत थापालाई मनोनित गरिएको हो ।
जिल्ला अध्यक्षको रुपमा मनोनित हुनुभएका थापाले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पूर्णता दिनुभएको छ । नेपाली काँग्रेस गुल्मीका सचिव भगत सिंह खड्काको उपस्थितिमा भएको युवा भेलाबाट उहाँले २६ जनालाई विभिन्न पदाधिकारीसहित सदस्य पदमा मनोनित गर्नुभएको हो । उपाध्यक्षमा महेश्वर घिमिरे र शारदा भलामी, सचिवमा सुनिल बस्नेत, सहसचिवमा सन्तोष थापा, कोषाध्यक्षमा अर्जुन मरासिनी मनोनित हुनुभएको छ ।
त्यस्तै, सदस्यमा जोगलाल थापा, प्रकाश बुढाथोकी, किरण राजभण्डारी, विवेक पन्थी, गणेश पोखरेल, तुलसी पहराई, अमर पल्ली, सन्तोष न्यौपाने, एलिसा पाण्डेय, राजु बलाल, मनोज घर्ती, दामोदर केसी, चन्द्र बोहरा, सागर सोमै, विनोद विक, एलिना पाण्डेय, कुशल श्रीस, दिपेश सेन, हरी केसी, ध्रुव बराल र शिव कुमार पल्ली मनोनित हुनुभएको हो ।
त्यस अवसरमा अध्यक्ष थापाले खेलकुदको क्षेत्रलाई यस जिल्लामा बढवा दिने भन्दै खेलाडीलाई एकीकृत गर्ने गरी लाग्ने बताउनुभयो । प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनसँगै खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच