
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारभित्र निर्माणधीन संसद भवनको अवलोकन गरेका छन्।
आइतबार दिउँसो सिंहदरबार पुगेर राष्ट्रपति पौडेलले निर्माणधीन संसद भवनको अवलोकन गर्नुभएको हो।
राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि अवलोकनका लागि जानुभएको थियो ।
अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा १७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माणको काम भइरहेको छ।
यो भवन ६ अर्बभन्दा बढी रकम खर्च गरेर निर्माण भइरहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो भवन शिलान्यास २०७६ असोज १ गते गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच