
हेटौंडा । मकवानपुर प्रहरीले १५ किलो ६सय८० ग्राम लागुऔषध गाँजा सहित २ जना मानिस पक्राउ गरेको छ।
हेटौंडा -१९ नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा मनहरी -३ हाडीखोला बस्ने बर्ष ४० को बाबु बल भन्ने नक्कल बहादुर बल र हेटौंडा - ११ थानाभर्याङ बस्ने बर्ष १९ को आशिष भन्ने सलमान गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार आइतबार करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा नारायणगढबाट हेटौडा हुँदै कोल्वीतर्फ जान आउँदै गरेको ना ५ ख ५१२९ नं को यात्रुबाहक बसमा बल र गुरुङलाई शंका लागी खानतलासी गर्दा उनीहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा १५ किलो ६८० ग्राम लागूऔषध गाँजा फेला परेकाे हो।
उक्त लागूऔषध गांजासहित बल र गुरुङलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच