
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स इन्टरनेसनल लिग टी-२० को पहिलो खेलमै पराजित भएको छ । अन्तिम बलसम्म पुगेको खेलमा शारजाह वारियर्सले गल्फलाई तीन विकेटले पराजित गरेको हो ।
टम कोहलर-क्याडमोरको सानदार ब्याटिङसँगै गल्फले दिएको १७५ रनको लक्ष्य शारजाहले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । ओपनर क्याडमोरले अविजित रहँदै ८३ रन बनाउनुभयो । ५६ बलमा उहाँले ६ चौका र चार छक्का प्रहार गर्नुभयो । रोहन मुस्ताफाले ३३ बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाउनुभयो । जोन्सन चाल्र्स १२ र किमो पल ११ रनमा आउट हुँदा आदिल रशिद ९ रनमा अविजित रहनुभयो ।
गल्फका मार्क एडेयर र ब्लेसिङ मुजरबानीले समान दुई विकेट लिनुभयो । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गल्फले टस २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो । रिहान अहमदले सर्वाधिक ४६ रन बनाउनुभयो । शिमरोन हेटमायरले २३ बलमा ३६ रनको योगदान दिनुभयो । वारियर्सका कप्तान टिम साउदीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच