
नयाँदिल्ली । भारतको मुम्बईकी युवा ब्याटर आयरा जाधवले अन्डर-१९ घरेलु क्रिकेट खेलमा तेहोरो शतक प्रहार गरेर ठूलो कीर्तिमान बनाउनुभएको छ । बिसिसिआई महिला अन्डर-१९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मुम्बईका लागि १४ वर्षीया आयरा जाधवले कीर्तिमानी तेहोरो शतक प्रहार गर्नुभएको हो । मेघालयविरुद्ध उहाँले १५७ बलमा अविजित ३४६ रन बनाउनुभयो । यो अन्डर-१९ क्रिकेटमा कुनै पनि भारतीय खेलाडी (पुरुष वा महिला)को अहिलेसम्मकै उत्कृष्ट रेकर्ड हो । यसअघि यो रेकर्ड महाराष्ट्रकी स्मृति मन्धनाको नाममा थियो ।
बेंगलुरुको अलुर क्रिकेट मैदानमा खेल्दै उहाँले मेघालयको बलिङ आक्रमणलाई चकनाचुर पार्दै ४२ चौका र १६ छक्का प्रहार गर्नुभयो । आयराको पारीको मद्दतले मुम्बईले ५० ओभरमा तीन विकेट गुमाउँदै ५६३ रन बनाएको थियो । यो भारतमा कुनै पनि प्रतियोगिता र कुनै पनि उमेर समूहमा महिला टोलीले बनाएको उच्चतम स्कोर हो ।
खेलमा मेघालयले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ५६४ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका बलरहरूले मेघालय टोलीलाई खुलेर खेल्न दिएनन् र केवल २६ ओभरमा सम्पूर्ण टोलीलाई अलआउट गरे । मेघालयको टोलीले १९ रनमात्र बनाउन सक्यो । मुम्बईको टोलीले यो खेल ५४४ रनको विशाल अन्तरले जित्यो । १९ फेब्रुअरी २०१० मा जन्मिनुभएकी आयरा अर्को महिना १५ वर्षकी हुनुहुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच