
बार्सिलोना । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राती साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटीमा भएको फाइनल खेलमा रियल मड्रिडलाई ५-२ गोलले पराजित गर्दै बार्सिलोनाले सुपर कपको उपाधि जितेको हो । यसअघि अक्टोबरमा घरेलु लिगमा रियल बार्सिलोनासँग ४-० ले पराजित भएको थियो । सन् २०२५ मा बार्सिलोनाको यो लगातार तेस्रो जित हो । गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो ।
किलियन एमबाप्पेले आफ्नो दोस्रो क्लासिकोमा रियललाई सुरुवातमै अग्रता दिलाउनुभएको थियो । तर, बार्सिलोनाले राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोलमा पुनरागमन जित निकाल्न सफल भयो । यमलले २२औँ मिनेटमा बार्सिलोनालाई खेलमा फर्काउनुभएको थियो । उहाँले लेवान्डोस्कीको पासमा गोल गर्नुभयो । ३६औँ मिनेटमा लेवान्डोस्की आफैंले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाउनुभयो ।
राफिन्हाले ३९औँ र ४८औँ मिनेटमा दुई गोल थप्दा बार्सिलोनाले अग्रता ४-१ मा पुर्याइसकेको थियो । त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता अझ लम्ब्याउनुभयो । बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । स्जेन्स्नीले ‘ब्रेकअवे’ गर्न खोज्दा डिबक्सबाहिर फउल गरेपछि उहाँले रातो कार्ड पाउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच