
काठमाडौं । नेरिक एकेडेमी चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेरिकले ग्रिनफिल्डलाई १७-१० ले पराजित गर्यो । नेरिकको जितमा सविन खत्रीले १२ अंक योगदान गर्नुभयो । सोही स्पर्धामा एलेन लामाको १६ अंक सहयोगमा कश्यपले पिपुल्स एकेडेमीलाई ३०-१९ ले हरायो ।
सिनियर ब्वाइजमा बालदीक्षा सदनले मार्वलसलाई ४८-२३, इनोभेटिभले आयोजक केएमसी ‘बी’ लाई ४२-२२ र भद्र घलेले केएमसी ‘ए’ लाई ४८-२९ ले पाखा लगाए । बालदीक्षा सदनका कृशल महर्जनले २४, इनोभेटिभका पुजन श्रेष्ठले १० र भद्र घलेका दिवस मगरले २१ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा निस्टले केएमसी ‘बी’ लाई ३६-१६, साबिक विजेता एनसिसिएसले रिब्सलाई २०-१९ र काठमाडौं शिक्षालयले केयरलाई १५–४ पन्छाए । निस्टकी संस्कृति पौडेलले ११, एनसिसिएसकी ग्रिभा महर्जनले ७ र काठमाडौं शिक्षालयकी दृव्य चित्रकारले चार अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच