
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप-महानगरपालिका-७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
आचार्य मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच