
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार फागुन ५ देखि १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालको भेट किर्गिस्तानसँग हुने भएको हो ।
एन्फाले फिफा अन्तर्राष्ट्रिय खेल विन्डोको समयमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता रहनेछ ।
तालिकाअनुसार नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप-२०२६ को छनोटको तयारीका रूपमा लिएको छ ।
नेपालका सबै खेल साँझ ५ः३० बजे सुरु हुनेछन् । चार टोलीको लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फागुन २६ गते फाइनल खेल्नेछन् ।
नेपाली महिला टोली हाल मुख्य प्रशिक्षकविहीन छ । कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग दुई-एक ले पराजित भएपछि तत्कालीन मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिनुभएको थियो । एन्फा महिला लिग माघ १६ गते सकिएपछि फोर नेसन्सका लागि नेपाली टोली तयारीमा जुट्ने सम्भावना छ ।
फागुन ५
म्यानमार भर्सेस लेबनान : दिउँसो १ः३० बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ५ः३० बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँसो १ः३० बजे
नेपाल भर्सेस लेबनान : साँझ ५ः३० बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेबनान : दिउँसो १ः३० बजे
नेपाल भर्सेस म्यानमार : साँझ ५ः३० बजे
फागुन १४ गते
फाइनल : साँझ ५ः३० बजे
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच