
सियोल । युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार सात सय जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएको छ । सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।
सप्ताहान्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुईजना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताउनुभएको थियो । ‘रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुस्र्क क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ, उत्तर कोरियाली सेनाको हताहत तीन हजार नाघेको अनुमान गरिएको छ’, सांसद ली सियोङ–क्वेनले जासुसी एजेन्सीको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो ।
सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसको ब्रिफिङपछि लीले भन्नुभयो, ‘यसमा करिब तीन सयजनाको मृत्यु र दुई हजार सात सयजना घाइते भएका छन् ।’ उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बनाउनुको साटो आत्महत्या गर्न आदेश दिइएको लीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मविष्फोट गर्न दबाब दिएको संकेत गर्छ ।’ उहाँले केही सैनिकलाई ‘आममाफी’ दिइएको वा उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीमा सामेल हुन चाहेको र लडेर आफ्नो अवस्था सुधार्ने आशा व्यक्त गर्नुभयो ।
पक्राउ पर्न लागेका एकजना उत्तर कोरियाली सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विष्फोट गर्ने प्रयास गरेको लीले बताउनुभयो । एनआइएसको विश्लेषणले उत्तर कोरियाली सैनिकमा ‘आधुनिक युद्धबारे नबुझेको’ र रूसले यसलाई ‘हताहत हुनेको संख्या उच्च’ हुनेगरी प्रयोग गरिरहेको देखाएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच