
काठमाडौं । १४औं संस्करणको ‘आईसी डिजाइनर रनवे’का लागि पहिलो चरणको अडिशन राउण्ड सम्पन्न भएको छ । छानौटका लागि काठमाडौंको होटल याक एण्ड यतिमा आइतबार आयोजित पहिलो चरणको अडिशनमा युवा र युवती मोडल गरेर २५० मोडलले अडिशन दिएको आयोजकले जनाएको छ । छनौट चरणको अर्काे अडिशन आउँदो साता बिराटनगर, पोखरा र बुटवलमा हुने फेशन शोको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।
छनौट चरणको अडिशनमा आस्था पोखरेल (फेशन कोरियोग्राफर), सन्तोष लोक्सम लिम्बु (मिष्टर नेपाल २०२४), निमेश कपाली (फेशन मोडल), नम्रता श्रेष्ठ (मिस नेपाल २०२०) र राजभाई सुवाल (कमर्सियल फोटोग्राफर) निर्णायकको रूपमा रहनुभएको थियो ।
काठमाडौं र मोफसलको अडिशनबाट ३० फिमेल र ६ मेल मोडल फेशन शोका लागि छानिनेछन् । छानिएका मोडलले काठमाडौंमा आयोजना हुने फेशन शोमा क्याटवाक गर्नेछन् ‘आईसी डिजाइनर रनवे’ आगामी मार्च २८ र २९ गते काठमाडौंको होटल याक एण्ड यतिमा दुई दिन आयोजना हुँदैछ । शोमा आइसी कलेजका विद्यार्थी डिजाइनरले तयार पारेका फरक फरक पहिरन विभिन्न सिक्वेलमा प्रदर्शन हुनेछ ।
शोमा यो पटक नेपालका अधिकाम्स सेलिब्रेटी र्याम्पवाकमा देखिने आयोजकले जनाएको छ । अहिलेसम्मकै उत्कृष्ट र बृहत् फेशनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ १४ आफूले प्रस्तुत गर्ने तयारी गरेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिनुभयो ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेशन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेशनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच