
काठमाडौं । राजकुमार राई निर्देशित चलचित्र ‘आर्शिवाद’ले पिजी सर्टिफिकेट पाएको छ । केन्द्रीय जाँच समितिले यस चलचित्रलाई पिजी सर्टिफिकेट दिएको हो । समसामयिक काथावस्तुमा आधारित ‘आर्शिवाद’मा विमला खजुम, उदय सुब्बा, विश्व मुखिया, विनोद मगर, बिजय इङ्नाम, कविता राई, मनोज राई, रश्मी राई, आरोही राईलगायत कलाकारको अभिनय छ । मैना राईको निर्माण परिकल्पना रहेको चलचित्र ‘आर्शिवाद’मा कथा उदय सुब्बा, छायांकन सचिन राईको छ ।
हाल नेपाल प्रहरीमा सेवारत निर्माता, निर्देशक राजकुमार राईका अनुसार ‘आर्शिवाद’लाई सुरुमा विदेशमा रहेका नेपालीमाझ प्रदर्शन गरिने र त्यसपश्चान् नेपालमा प्रदर्शन गरिनेछ । चलचित्र ‘गुण्डागर्दी’बाट निर्देशन सुरु गर्नुभएका राईले बिगतमा दर्जन बढी चलचित्रमा सहायक निर्देशकको जिम्मेवारी बहन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच