
काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईं निर्देशित मल्टिष्टार एक्सन प्रधान सार्वजनिक चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रण देखाउने प्रयास गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक टिजरले चलचित्र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
टिजरमा चलचित्रका कलाकार दिव्यदेव, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दयाहाङ राई र प्रदीप खड्का देखिनुभएको छ । दयाहाङ प्रहरीको रोलमा हुनुहुन्छ भने प्रमोद खलनायक चरित्रमा । प्रदीपको पात्र प्रतिशोध र बदला लिन चाहेको देखिन्छ । टिजरको अन्त्यतिर खड्का र मल्लको चरित्रलाई आमनेसामने देखाइएको छ । टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, गौरव विष्टसमेट अटाउनुभएको छ ।
टिजर रिलिज कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले हरेक कथा अनुसार नयाँ चलचित्र बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा रहेको बताउनुभयो । उहाँले आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो चलचित्र बनाएको भन्दै त्यो कुरा ट्रेलरमा देखिने जिकिर गर्नुभयो ।
अभिनेता प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गर्नुभयो । चलचित्र चाहनानुसार बनेको भन्दै आफूले ‘पिताम्बर’मा स्क्रिप्टभन्दा पनि निर्देशक कृषाको ‘इन्टेन्सन’ हेरेर काम गरेको खुलाउनुभयो । उहाँले आफ्नो करियरमा यो चलचित्रले नयाँ खुड्किलो हुने दाबी गर्नुभयो ।
निर्माता विशाल चौलागाईंले चलचित्रप्रति आफ्नो रुचि बढ्दै गएकाले अझ राम्रो चलचित्र बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । अभिनेत्री सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाउनुभयो । अभिनेत्री सुपुष्पा भट्टले चलचित्रमा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताउनुभयो । अर्की अभिनेत्री दिव्या रायमाझीले यस चलचित्रबाट आफूले धेरै सिक्न पाएको सुनाउनुभयो ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो । पुरुषोत्तमले खिचेको चलचित्रको लेखन प्रदीप भारद्वाजले गर्नुभएको हो भने हिमाल केसीले द्वन्द्व निर्देशन छ । विशाल चौलागाईं निर्माता रहनुभएको यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । कृषा चौलागाईंले यसअघि चलचित्र ‘ऐंचोपैंचो’ निर्देशन गर्नुभएको थियो । निर्माताको रूपमा उहाँले ‘इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास’ जस्ता चलचित्र निर्माण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच