
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलब ५४ अंकले घटेर दुई हजार ५९४ दशमलब १३ को बिन्दुमा कायम भएको हो । सोमबार विभिन्न ३२२ कम्पनीका एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिदबिक्री हुँदा छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलब ८९, होटल तथा पर्यटन एक दशमलब ३६ र वित्त समूह एक दशमलब ३२ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलब ३५, विकास बैंक शून्य दशमलब ५८, जलविद्युत् शून्य दशमलब ४९, लगानी शून्य दशमलब ६० र जीवन बिमा शून्य दशमलब ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलब ७७, लघुवित्त शून्य दशमलब ४४, म्युचुअल फण्ड शून्य दशमलब ४२, निर्जीवन बिमा शून्य दशमलब ०२ र अन्य समूह शून्य दशमलब ६७ प्रतिशतले घटेको छ ।
सोमबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको प्रमोटर सेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच