
ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्न आग्रह गर्नुभएको छ । पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा सोमबार आयोजित प्रथम महालक्ष्मी नगर भेलामा उहाँले उक्त आग्रह गर्नुभएको हो ।
भेलालाई सम्बोधन गर्दै भट्टराईले गरिबी र अभावबाट उकास्नु नै अबको आवश्यकता भएको बताउनुभयो । विद्रोहको चरण पार गरेर संविधान र कानुन लेखिए तापनि रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, घरेलु उद्योगमार्फत् उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच