
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफामा उत्साहजनक वृद्धि गरेको महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । सोमबार काठमाडौंमा सम्पन्न बैंकको तेइसौं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भएको सभाबाट २०८१ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको बैंकले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन भएको छ । यसअन्तर्गत आव २०८०/८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
आव २०७९/८० को तुलनामा आव २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाइएको छ । आव २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आव २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ । आव २०८०/८१ को अन्त्यमा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गरिने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच