
✍️ ओम आचार्य
कांग्रेस र एमालेबीच गठेबन्धनको सरकार बनाउँदा सुशासन दिगो विकास र स्थिरसरकारको पहिलो शर्त संविधान संशोधन हो । यही कुरा समेटेर सात बुँदे सहमति गरेका थिए । कुनै पनि विषयमा सार्वजनिक सरोकारको मुद्दामा निर्णय लिनुपर्दा संयन्त्रबाटै जाने सहमति भएको थियो । कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओली रहनुभए पनि नीतिगत निर्णयमा कांग्रेसकै सहमतिमा हुने हो भनिरहँदा केपी ओलीले गठबन्धनको सात बुँदे सहमतिविपरीत संविधान संशोधन २०८७ मा हुने अभिव्यक्ति दिए । यस भनाइले संयन्त्रको बन्धनमा नरहने संकेत गरेका हुन् । यो संयन्त्रबाट बाहिरिने विचार हो ? अब कांग्रेस के गर्छ त ?
गठवन्धनको सरकारमा सम्मिलित कांग्रेसको पनि त्यही विचार हो भनेर जनताले बुझ्नुपर्ने हो कि ? प्रधानमन्त्रीको भनाइको प्रतिवाादमात्रै गरेर गठबन्धन यथावत राखेर केपी ओलीबाट सत्ता हस्तान्तरण हुन्छ भन्ने मोहमा सरकारमा बसिरहने कांग्रेसको रणनीति हो ? केपी ओलीले अब आफ्नो राजनीतिक रणनीति सुरु गर्दैगर्दा कांग्रेसले माओवादी र एमालेको गठबन्धन टुटेपछि माओवादी र एमालेको अहिलेको राजनीतिक सम्बन्ध अध्यन गरे हुन्छ । भोलि एमाले र कांग्रेसको त्यस्तै सम्बन्ध हुनसक्छ जस्तो अहिले माओवादी र एमालेको छ । जनतामा स्थिर सरकार हुन नसकेको दोष संविधानमा भएको त्रुटिलाई अघि सार्दै संविधान संशोधनको गर्ने भनेर गठबन्धन गरेको हुंकार गर्ने गरेर मुलुकका दुई ठूला दलले जनतालाई ढाटेको र अँध्यारोमा पारेका छन् ।
कांग्रेस कम्युनिष्टको प्रतिउतार जस्तोमात्र देखिएको छ । नेपाली कांग्रेस संसद्मा ठूलो दल भएर पनि कहिले माओवादीको नेतृत्व स्वीकारेर बसेको छ त कहिले एमालेको नेतृत्व स्वीकारेर बसेको छ । यसरी कांग्रेसले कम्युनिष्टको नेतृत्व स्वीकारेपछि कांग्रेसलाई कम्युनिष्टले प्रतिलिपि बनाइरहेका छन् । अहिले पनि ठीक त्यस्तै भइरहेको छ ।
रवि लामिछाने धरौटीमा छुटेलगत्तै प्रतिपक्षको सक्रियता बढ्नु र केपी ओलीको पछिल्लो अभिव्यक्तिले कांग्रेस एमालेको गठबन्धनभित्रै कांग्रेसले असन्तुष्टि जनाउनु संयोगमात्रै हो ? कथम्कदाचित यो गठबन्धन भंग भए के कांग्रेसले नै सरकारको नेतृत्व पाउँछ यसमा कांग्रेस आफैं विश्वस्त छैन । त्यही भएर कांग्रेसले चाहिँ सरकार बनाउने गठबन्धनको सहमतिको विपरीत गए पनि प्रतिवाद गर्ने तर सरकारमा रहिरहने रणनीति बनाएको देखिन्छ । अहिले सरकारले ल्याउने कतिपय अध्यादेशमा कांग्रेसको असहमति होलान् त्यसमध्ये दलसम्बन्धी अध्यादेश र थ्रेसहोल्डमा पनि हुनसक्छ । प्रधानमन्त्रीको एकल रुचिमा आउन लागेका केही विधेयकले राजनीतिक जटिलता पैदा गर्छन् जुन गणतन्त्रका लागि सन्तोषजनक मान्न नसकिएला ।
डा.शेखर कोइरालाले गठबन्धनलाई असफल हुने छुट छैन भनेका छन् । देशका दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धनको सरकार निर्माण भएपछि जनतामा उत्साह, भरोसा र विश्वास जागेको थियो । राजनीतिक इतिहास बोकेका यी दुई दलको गठबन्धनबाट देशमा सुशासन र स्थिरसरकार बन्छ भन्नेमा ढुक्क थिए । विगतमा पनि यी दुई दलको गठबन्धनले गरेको सफलता राजनीतिक अभिलेख बनेको छ । तर, अहिले प्रधानमन्त्री केपी ओलीको संविधान संशोधन २०८७ मा भनेर दिएको अभिव्यक्तिले जनताले यी दुई दलमा गरेको विश्वास र भरोस चकनाचुर पारेको छ । संविधान संशोधनकै लागि कांग्रेसको एजेण्डा रहेको थियो र यही प्रयोजनकै लागि दुई दलीय गठबन्धन गरिएको हो ।
यो रणनीति विशेष गरेर डा.शेखर कोइरालाको हो र उनैले एमाले र कांग्रेस दुई दलको गठबन्धन देशका लागि अपरिहार्य देखेका थिए र पहल पनि गरे र गठबन्धनको नतिजासम्म पुर्याए पनि । डा.कोइरालाले आफ्ना प्रत्येक भाषणमा र उनले दिएका अभिव्यक्तिमा यस सरकारलाई असफल हुने छुट छैन भन्नेगरेका छन् । संविधान संशोधनको मूल भावना लिएर गठबन्धनबाट निर्मित सरकार अब असफल भएकै हो भन्नुपर्छ । ‘असफल हुने छुट यस सरकारलाई छैन’ भनेरभन्दा यस भनाइमा चेतावनी थियो, खबरदारी थियो । यस्तो भएमा दण्डित हुनुपर्छ भन्ने अन्तरनिहित उत्तर बेकेर हिँडेका डा.शेखर अब के गर्छन् ?
कांग्रेस-कम्युनिष्टको प्रतिउतार जस्तो मात्र देखिएको छ । नेपाली कांग्रेस संसद्मा ठूलो दल भएर पनि कहिले माओवादीको नेतृत्व स्वीकारेर बसेको छ त कहिले एमालेको नेतृत्व स्वीकारेर बसेको छ । आखिर यस्तो किन भइरहेको छ त ? यो कांग्रेसले नै खोज्नुपर्ने उत्तर हो । यसरी कांग्रेसले कम्युनिष्टको नेतृत्व स्वीकारेपछि कांग्रेसलाई कम्युनिष्टले प्रतिलिपि बनाइरहेका छन् । अहिले पनि ठीक त्यस्तै भइरहेको छ । संविधान संशोधनको कुरामा केपी ओलीको अभिव्यक्तिमा कांग्रेसलाई कार्बनपेपर बनाइएको छ । त्यो कार्बनपेपर कांग्रेस हो र त्यस पेपरमा जे लेखे पनि जे बोले पनि सरकारमा कांग्रेसको प्रतिनिधित्व भएको हुँदा स्वीकार्नुपर्ने हुन्छ कार्बनबाट आएको प्रतिलिपिलाई गलत भन्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच