
विविध भाषाभाषी भएको हाम्रो जस्तो मुलुकमा हरेक दिन कुनै न कुनै चाडपर्व पर्ने गर्दछन् । आज माघ १ गते । आजको दिनलाई हामीकहाँ माघे संक्रान्तिको रूपमा मनाउने प्रचलन रहिआएको छ । आजको दिनमा कतिपय स्थानमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघे संक्रान्तिसँग जोडिएका खानेकुरामा घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरा आदि पर्दछन् । आजको दिनलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
पूर्व इलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराहक्षेत्रमा आज विशेष मेला लाग्ने गर्दछ भने मैथिली समुदायमा तिला संक्रान्तिको रूपमा मनाउने गरिन्छ । तराईमा यसदिन खिचडी, तिल र लड्डुलगायत परिकार बनाएर खाने गरिन्छ । पश्चिम नेपालको रिडीमा आज विशेष मेला लाग्ने गर्दछ । त्यस्तै देवघाटमा आजको दिनमा स्नान गर्नेहरूको भिड लाग्ने गर्दछ । थारू समुदायको आजको दिन सबैभन्दा ठूलो पर्व हो । यस्तै, आजको दिन मगर जातिले पनि विशेष पर्वको रूपमा धुमधामसँग मनाउने गर्दछन् ।
ज्योतिष पण्डित भरतमणि मरासिनिका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुनेहुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । त्यस्तै पशुपतिस्थित सूर्यघाट मेलमिलापका केशवप्रसाद चौलागाईं भन्नुहुन्छ, सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ । सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर संक्रान्ति रहन गएको र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ, अनि उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने, त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व रहेको चौलागाईं बताउनुहुन्छ ।
आजको दिन हाम्रो देशभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घ्यू, चाकु, तिलको लड्डु र तरुलजस्ता खाद्यवस्तु खाएर मनाइन्छ । आजको दिनमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायत नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । माघे संक्रान्तिलाई विभिन्न भेग र विभिन्न जाति समुदायले भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्षको रूपमा मान्ने गर्छन् । आजको दिनलाई क्षेत्री, ब्राहृमण, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबैले आ-आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।
काठमाडौंमा यस पर्वलाई ‘घ्यू, चाकु सँल्हु’ भनिन्छ खास गरी नेवारहरूले । आजको दिन चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गरिन्छ । नेवार समुदायमा यस दिन घर सरसफाइ गरी देवीदेवताको पूजा गर्ने परम्परा छ । यो पर्वमा तेल घस्ने प्रचलन छ । घरपरिवारको ज्येष्ठ सदस्यले परिवारका सबै सदस्यलाई कपालमा तोरीको तेल लगाइदिने प्रचलन रहेको बताइन्छ । त्यस्तै परिवारका सदस्यहरूले एकले अर्कालाई जिउमा तेल लागाइदिने चलन पनि रहेको रामकृष्ण खड्गी बताउनुहुन्छ । आजै भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घ्यू सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास रही आएको त्यहाँका पुजारी बताउनुहुन्छ अर्को उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ ।
देशको विविधतासँगै धेरै समुदाय जातजातिले आ-आफ्नै तरिकाले आजको दिनलाई मनाउने गर्दछन् । यस्ता चाडपर्वहरूले हामीलाई एकै सूत्रमा बाध्ने काम गरेका छन् । देशको राजनीतिले हामीलाई अलग-अलग राख्न खोजे पनि हाम्रा पर्व र संस्कृतिहरूले हामीलाई जोडने गर्दछन् । यही नै हाम्रो विशेषता हो । यसलाई कामय राख्न सक्नुनै वर्तमान युवा पुस्ताको चुनौती हो । हामी सबैलाई जोडने यस्ता चाडपर्वलाई सबैले मिलेर मनाउँ र संस्कृतिमार्फत राष्ट्रिय एकतामा जोड दिऊ ।
नुवाकोट जिल्लामा यस दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर आजको दिन मनोरञ्जन लिने गरिन्छ । नुवाकोटको बेत्रावती र तारुकाको गोरु जुधाई प्रसिद्ध रहेका छन् । आजको दिन गोरु जुधाई हेर्न ठूलो सर्वसाधारणको भिड लाग्ने गर्दछ ती ठाउँहरूमा । पूर्व इलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराहक्षेत्रमा आज विशेष मेला लाग्ने गर्दछ भने मैथिली समुदायमा आजको दिनलाई तिला संक्रान्तिको रूपमा मनाउने गरिन्छ । तराईमा यसदिन खिचडी, तिल र लड्डुलगायत परिकार बनाएर खाने गरिन्छ । पश्चिम नेपालको रिडीमा आज विशेष मेला लाग्ने गर्दछ । त्यस्तै देवघाटमा पनि आजको दिनमा स्नान गर्नेको भिड लाग्ने गर्दछ ।
नेपाल रहेका थारू समुदाय आजको दिन सबैभन्दा ठूलो पर्व हो । आजको दिनलाई माघी पर्वका रूपमा मनाइन्छ । थारूहरूले छोरीचेलीलाई उपहार दिने, सम्बन्धलाई प्रगाढ बनाउने दिन, नयाँ आर्थिक वर्ष सुरु हुने दिन घरसल्लाह गर्ने पर्व, अगुवा चुन्ने दिन भएको रंग पत्रकार दिपेशराज थारू बताउनुहुन्छ । उहाँका अनुसार नयाँ वर्षको रूपमा मनाउने थारू समुदायको माघी पर्वमा थारू समुदायबीच भाइचारा र आत्मीयता प्रगाढ गराउने आत्मिय पर्वका रूपमा थारू समुदायले मनाउँदै आएको छ । ‘माघीमा रमाइलो र खुसीका कुरामात्र साटासाट हुँदैन, एक आपसमा दुःख र वेदनालाई गीतमाफर््त प्रस्तुत गर्ने गरिन्छ’, उहाँले भन्नुभयो । यस दिन थारू समुदायको मात्र नभएर अन्य समुदायका व्यक्तिहरू पनि काठमाडौंको टुँडिखेलमा जम्मा भई थारू समुदायको खानाको परिकार, पहिरन लगाउनेको संख्या पनि हरेक वर्ष उल्लेखीय देखिन्छ । थारू समुदायका ठाउँ अनुसारका गरगहना, पोशाक फरक-फरक हुने गर्दछन् ।
आजको दिन मगर जातिले पनि विशेष पर्वको रूपमा धुमधामसँग मनाउने गर्दछन् । मगरहरूको यो राष्ट्रिय पर्वको रूपमा घोषणा पनि भइसकेको छ । आजको दिनलाई पूर्व र पश्चिम मगरहरू भिन्न विशेषता र प्रकृतिमा मनाउने गरेको पाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । देशको विविधतासँगै धेरै समुदाय जातजातिले आ-आफ्नै तरिकाले आजको दिनलाई मनाउने गर्दछन् । यस्ता चाड पर्वले हामीलाई एकै सूत्रमा बाध्ने काम गरेका छन् । देशको राजनीतिले हामीलाई अलग-अलग राख्न खोजे पनि हाम्रा पर्व र संस्कृतिले हामीलाई जोडने गर्दछन् । यही नै हाम्रो विशेषता हो । यसलाई कामय राख्न सक्नु नै वर्तमान युवा पुस्ताको चुनौती हो । हाम्रो भाषा, साहित्य, कला र संस्कृति भनेको हाम्रो कुन् कालखण्ड कस्तो थियो भनेर पहिचान गर्ने आधार पनि त हो । त्यसैले हामी सबैलाई जोडने यस्ता चाड पर्वलाई हामी सबैले मिलेर मनाउँ र संस्कृतिमार्फत राष्ट्रिय एकतामा जोड दिऊ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच