तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष प्रचण्ड

रासस

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न  आफूले निरन्तर  पहल  गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो ।

यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष  प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक  कुराकानी भएको बताउनुभयो । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित दुई गम्भीर घाइते ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पदोन्नतिको अपेक्षा र योगदानको हिसाब खोज्ने प्रवृत्ति पार्टीका लागि हितकर हुँदैन :…