
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्र चलाएमान बनाउन जरुरी रहेको बताउनु भएको छ ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा मंगलवारबाट सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको उद्घाटन गर्नु हुँदै मन्त्री पाण्डेले संस्कार र संस्कृतिले आफ्नै ऐतिहासिकता बोकेको हुनाले त्यसको संरक्षण र सम्वर्धनमा लाग्न आवश्यक भएको बताउनु भएको छ ।
पुर्खाहरुको जिवन पद्धती र संस्कार संस्कृतिको अनुसरण गर्दे अगाडी बढन सकिएमा पर्यटन प्रवर्धनमा टेवा पुग्ने मन्त्री पाण्डेको भनाई रहेको छ । छिमेकी मुलुकु भारत र चीनले पनि नेपालको प्रकृति र संस्कृतिप्रति आस्था राख्ने गरेको बताउँदै मन्त्री पाण्डेले पर्यटन प्रवर्धनको बिकासमा तीन वटै सरकारका बीचमा सहकार्य र समन्वय आवश्यक देखिएको बताउनुभयो । मुन्दुम पदमार्गले नयाँ संभावना खोलेको बताउँदै मन्त्री पाण्डेले यसको लक्ष र परिकल्पनालाई सफल बनाउन सरकार र मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
हवाई उडानका लागि नेपाली आकाश सुरक्षित रहेको बताउनु हुदै नागरिक उडययन मन्त्री पाण्डेले उडययनको क्षेत्रलाई गतिशिल बनाउन जरुरी रहेको बताउनुभयो । सोक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री तथा संघीय सांसद सुदन किरातीले मुन्दुम पदमार्गको बिकास आवाश्यक रहेको बताउँदै त्यसका लागि बजेटको ब्यवस्थापन गर्न मन्त्री पाण्डेलाई आग्रह समेत गर्नुभयो ।
एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरी बिविध कार्यक्रम तय गरिएको हो । पर्यटन प्रवद्र्धनका साथै कृषि उत्पादनलाई बिशेष जोड दिँदै बृहत मेलाको आयोजना गरिएको हो ।
गाउँपालिकाको आयोजना, चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको ब्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको समन्वयमा माघ पाँच गतेसम्म मेला सञ्चालन हुन लागेको हो । पहिलो दिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेबाट मेलाको उद्घाटन भएको छ भने सोही दिन नाक्छोङहरुको मुन्दुमी प्रदर्शनी र आरोह व्यान्डको सागीतिक प्रस्तुती भएको छ । यस्तै दुई गते स्थानिय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता र आरोह व्यान्डको प्रस्तुति हुने छ ।
आयोजकका अनुसार तीन गते खुल्ला साकेला शिली प्रतियोगिता र ज्वाला राईको संगीतिक प्रस्तुती हुने छ । यस्तै चार गते धनुषवाण प्रतियोगिता, हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङको बिशेष प्रस्तुती हुने छ भने पाँच गते गायक शिव परियारको साथै स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाले आयोजना गर्न लागेको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाका लागि तीन दिन पालिका भित्र स्थानीय बिदा समेत दिईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच