
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक–निजि साझेदारीमा कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले हरैया विशेष आर्थिक क्षेत्र प्रारम्भीक काम सकिएपछि सार्वजनिक–नीजि साझेदारीको अवधारणमा निर्माण कार्य सुरु गरिने बताउनुभयो ।
‘यस अवधारणाअन्तर्गत भैरहवामा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण भइसकेको छ र सिमरामा निर्माणको क्रममा छ’ मन्त्री भण्डारीले भन्नुभयो, ‘सिमरा र हरैयाको प्रारम्भीक काम सकिएपछि चाँडै पीपिए मोडेलमा लैजान्छाँै ।’ यहाँ प्रारम्भीक अध्ययनको काम सकिएको उल्लेख गर्दै उहाँले अब वातावरणीय प्रभाव मूल्यांकनको प्रकृया अगाडि बढाइने बताउनुभयो ।
‘प्रारम्भिक काम सकियो भने चाडै हामी यो लाई पीपीपी मोडलबारे सुरु गर्छौँ । ता कि सुदूरपश्चिमका लागानीकर्ताहरुले हाम्रो तोकिएको सीमा क्षेत्र भित्रका ब्लकहरूमा सेजको डिजाइनमा गरिएको डिपीआर अनुसार ब्लक बनाउन सकोस्’ उहाँले भन्नुभयो‘ त्यो ब्लकलाई भोलि औद्योगिक विकासका लागि क्रमशः भाडामा दिन सकोस् । त्यसको मुनाफा लगानीकर्ताले लान सकोस् ।’
उहाँले सरकारको बजेट मात्रै पर्खिएर नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यसैले हामी यतीखेर सरकारको बजेटलाई पर्खिनुभन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई पनि प्राथमिकतामा राख्ने गरी सरकारले योजना अगाडि बढाएको छ ।’
उहाँले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको काम पनि सरकारले अगाडि बढाउने दावी गर्नु भयो । मन्त्री भण्डारीले लगानीसम्बन्धी केही समस्याहरु हटाउन सरकारले लगानीसम्बन्धी ऐन अध्यादेशमार्फत जारी गरेर लगानीको वातावरण निर्माण गरेको बताउनुभयो ।
औद्योगिक क्षेत्रमा अव्यवस्थित बसोबासी र वनका कारण औद्योगिक पूर्वाधार निर्माणका फाइल रोकिएका उहाँले बताउनुभयो । ‘अध्यादेशमार्फत ऐन संशोधनले ती समस्या चाँडै फुक्ने छन्’ उहाँले भन्नुभयो, ‘अध्यादेशमा औद्योगिक पूर्वाधार प्रयोजनका लागि वन, राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रयोग गर्न सकिने उल्लेख गरेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच