
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सहमतिमै अध्यादेश ल्याएकाले चर्चा परिचर्चा गर्न आवश्यक नभएको जनाएको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशको बारेमा जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गर्नुभयो । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिनुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली काँग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’
गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश,आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच