
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिनुभएको छ ।
त्रिपाठीले आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिनुभएको हो।
त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर जिल्ला अदालत काठमाडौंबाट निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो ।
हिजै प्रहरीले त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको छ ।
त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिनुभएको हो।
सिसिटिभी हेरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच