
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययनरत नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल कानुन क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।
उनीहरूले “कानुन व्यवसायीलाई कुट्न पाइदैन”, “मुद्दा लड्नु कानुन व्यवसायीको पेशागत धर्म हो”, “निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो” लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच