काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा अडिएको हो । सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ ।
बिहीबार २९६ स्क्रिप्सको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए । बुधबार पाँच अर्ब ८२ करोड ४९ मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।
यस दिन पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घट्यो । जानकी फाइनान्सको ९.३९ प्रतिशतले घट्दा कालिञ्चोक हाइड्रोपावरको ९.१५, रिलायन्स फाइनान्सको ७.५७ र गुहृयेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर ७.५१ प्रतिशतले घट्यो ।
२८ करोड बराबरको सेयर कारोबार गरी सिन्धु विकास बैंक शीर्ष स्थानमा रहृयो । यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २१ करोडको सेयर कारोबार गर्दा सानिमा मिडल तमोर हाइड्रोपावरको १४ करोड, जानकी फाइनान्स र नेपाल फाइनान्सको १३÷१३ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
बिहीबार पाँच समूहको उपसूचक बढ्दा अन्यको घट्यो । ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले बढ्यो । कारोबारमा आएका ८८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो । तीन समूहको उपसूचक भने स्थिर रहृयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र