
✍️ शीतल केसी
नेपाली चलचित्रको इतिहास झण्डै ५५ वर्षको उकालो लागिरहँदा सामाजिक, संस्कृतिक, ऐतिहासिक र व्यावसायिक दृष्टिकोणले निकै ठूलो फड्को मारेको अवस्था छ । सुरु-सुरुको अवस्थामा सीमित रूपमा निर्माणमा लम्किरहेको नेपाली चलचित्र एकपछि अर्को हुँदै ठूलो संख्यामा निर्माण हुन थाले । नेपाली चलचित्र दर्शक उल्लेखनीय रूपमा सिनेमा हलसम्म आउन थाले भने सिनेमा पनि एकपछि अर्को निर्माण हुन लागे । सिनेमा घरको विस्तार सबै भूगोलदेखि ग्रामीण स्तरसम्म निर्माण भए । चलचित्रकर्मी पनि उत्साहित भए भने मानिसहरू ठूलो संख्यामा रोजगारीको आकर्षक गन्तव्य हुन थाल्यो । साथै राज्यले पनि राम्रो लाभांश लिएको पाइन्छ ।
२०२५ सालमा निर्माण भएको आमा चलचित्रलाई नै नेपाली पहिलो चलचित्र मानिन्छ । २०२५ सालमा निर्माण रहेको आमा चलचित्रपछि झण्डै एक डेड दशकसम्म सीमित रूपमा निर्माण रहेको नेपाली चलचित्र सो अवधिसम्म धेरैजसो प्राविधिक र प्रविधि एवं कलाकार, प्राविधिक सम्पादन जस्ता काम गर्न/गराउन भारतको सहयोग चाहिने गथ्र्यो । डेड दुई दशकसम्म यसरी नै सहकार्य गर्दै आएको नेपाली सिनेमाले यस अवधिमा सम्पूर्ण जनशक्ति प्राविधिक र प्रविधि उत्पादन गरिसकेको थियो । २०४५ सालबाट नेपाली सिनेमाले एकाएक फड्को मार्दै ठूलो संख्यामा नेपाली चलचित्र निर्माण हुनलागेसँगै सिनेघर ग्रामीण भू-भागमा स्थापना हुन थाले ।
चलचित्रले मनोरञ्जन मात्रा नभएर ठूलो संख्यामा रोजगारी दिएको पनि छ । राज्यले पनि ठूलो मात्रामा कर असुली रहेको छ । राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय जगतमा कला संस्कृति पर्यटन प्रचारप्रसार प्रबद्र्धन गरेको छ । बेलाबेलामा आउने दैनिक आपत्कालीन घडीमा राज्यबाट पनि सम्बोधन हुन जरुरी छ । राज्यले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गराउन सकेमात्र यस क्षेत्रलाई चलायमान गर्न सकिन्छ ।
दर्शकहरूको उल्लेखनीय उपस्थितिले यस क्षेत्रमा कलाकार प्राविधि, प्रविधि र चलचित्र कर्मीहरूलाई नाम, दाम र रोजगारीको एक आकर्षक गन्तव्यको रूपमा लिन थालियो । धेरै जनाको श्रम मिहिनेत, आर्थिक रूपले मात्र सम्भव रहने चलचित्र क्षेत्रमा धेरै संघसंस्थासम्म स्थापना हुन थाले जसले कलाकर्मीहरूको हकहितका लागि न्यायको पक्षमा उभिए । चलचित्रसम्बन्धी सबैलाई रोजगारीको सिर्जना गर्यो भने यहाँसम्म आउँदा ठूलो संख्यामा निर्माण पक्ष, निर्देशक पक्ष, प्राविधिक र कलाकारलाई सामाजिक रूपमा नै स्थापित गरेको छ ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले एकाएक पूर्णविराम जस्तै लगाई थियो । ठूलो संख्यामा मानवीय क्षति, आर्थिक व्यर्होनु पर्यो भने सिनेमा क्षेत्रमात्र नभई सबै क्षेत्रका क्रियाकलाप लथालिंग हुन पुगे । मानिसहरूमा डरत्रासले बाच्न बाध्य भए । त्यति मात्रमा रोकिएन झण्डै १० महिना भूकम्पको पराक्रमले झन् थिल्थिलो पारिदियो । प्रदर्शन, छायांकन रहका चलचित्र रोकिए । मानिसहरू गाँस, बाँस र कपासको सुरक्षित महसुस गर्न नसकेको अवस्थामा सिनेमा घरसम्म चलचित्र हेर्न जाने भन्ने कुरा कल्पनासम्म गर्नसक्ने अवस्था रहेन ।
सिनेमाघरहरू बन्द भए । पाँच-छ महिनापछि भूकम्पको पराकम्पन कम हुँदै जाँदा सिनेमाघर खोलिएपछि दर्शकले सुरक्षित महसुस गर्न सकेनन् । यस्तो अवस्थामा पनि राज्यले सिनेमासँग सम्बन्धित निकायलाई कुनै लाभदायक योजना ल्याउन सकेन । यसअवधिमा निर्माण पक्षले ठूलो आर्थिक हार व्यहोर्नुपर्यो भने चलचित्रकर्मीले पनि रोजगारीबाट बञ्चित हुनुपर्यो । आठ-दश महिनापछि भूकम्पका पराकम्प लगभग पूर्वरूपमा बन्द भएसँगै विस्तारै सिनेमा प्रदर्शन र निर्माण हुनथाले । मानिसहरू सिनेमा घरसम्म गएर सिनेमा हेर्ने माहौल बढ्दै गयो ।
दश वर्ष सशस्त्र द्वन्द्वको पीडा भोगेको नेपाली चलचित्रलाई कोरोनाले थप तहसनहसन बनायो । २०७२ सालको भूकम्प पछि नेपाली दर्शकलाई हलसम्म ल्याउन निर्माण पक्षले दर्शकलाई ठूलै कसरत गर्नुपर्यो । विभिन्न उतार-चढावबीच ग्रुजिएको नेपाली सिने क्षेत्र पछिल्लो समय केही जुमुराएको छ । यो बचीमा नेपाली सिने क्षेत्रले ठूलो फड्को मार्दै थियो । चलचित्र निर्माणमा झण्डै दोब्बर लेब्बर रूपमा लगानी बढाउँदै लगे भने छायांकन, निर्माण अनि प्राविधिक उत्कृष्ठ हुँदै गए र नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय स्तरको निर्माण हुनथाले । फेरि अर्को अकल्पनीय माहामारी कोभिड-१९ एक्कासि संसारभरि फैलियो निकै आक्रमण रूपमा फैलियेको कोभिडलाई धेरै दिन थेग्न सकेन र तुरुन्तै देशभर नै लकडाउन गर्ने स्थिति सिर्जना भयो । यहाँमात्र नभएर संसारभर लकडाउन भयो । नेपालमा पनि २०२० मार्च २४ बाट पूरै देशमा लकडाउन गर्ने निर्णय लियो बाहिर मुलुकमा दिनहूँ ठूलो मात्रामा मानवीय क्षति हुँदैजानु एकपछि अर्को संक्रमित हुनु समाचार सम्प्रेषण हुँदै गए ।
औषधोपचारका लागि पनि सरकारले थेग्नसक्ने अवस्था भएन । आफैं सुरक्षित हुनु विकल्प रहेन । यतिसम्मको स्थिति सिर्जना भयोकि मानिस मानिससँग डराउनुपर्ने अवस्था रहृयो । सबै क्षेत्र लगभग बन्द नै रहृयो भने चलचित्र क्षेत्र पनि अछुतो रहेन । मानिसको गाँस, बाँस, कपासको ग्यारेन्टी नभएको अवस्थामा मनोरञ्जन बाध्यता नभएर आवश्यकतालाई महत्व दिनु स्वाभाविक थियो । सन् २०२० जुन १४ सम्म रहेको लकडाउनले ठूलो संख्यामा मानिसहरूको व्यापार, रोजगारी इत्यादिबाट बेरोजगार हुनुपर्यो भने भयभीत तथा डरत्रासमै चार-चार महिनाको अन्तरालपछि खुलेको लकडाउनमा सुरुक्षा अपनाउँदै दैनिकी जीवन कष्टकर रूपमा बिताउन बाध्य भए । ठूलो समूहमा निर्माण गर्ने भेलाजस्ता काम त झन् बन्द भए । सिनेमा निर्माणदेखि हलसम्म आउनको निम्ति ठूलो जनशक्ति आवश्यक्ता हुने भएकाले चलचित्र प्रदर्शन निर्माण हुन छोडे ।
गुणस्तर र प्रविधि रूपमा नेपाली चलचित्र अन्तर्राष्ट्रिय सिनेमासँग तुलना गर्न लायक बनेका छन् । प्राकृति रूपमा आफैंमा सुन्दर नेपाल, छायांकनले पर्यटकलाई लोभाएको छ । नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा पनि बजार व्यवस्थापन गरिरहेको पाइन्छ । गुणस्तर प्रविधिलाई जोड दिँदै गएमा नेपाली सिनेमा राष्ट्र तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापन गरी आर्थिक, सामाजिक, पर्यटकीय लाभ राज्यले लिन सक्नेछ ।
जसले यो पेशालाई रोजगारीको रूपमा जीविकोपर्जोन गर्दै आएका थिए धेरैजसो प्राविधिक कलाकर्मीले अर्को कुनै विकल्प खोज्नुपर्ने बाध्यता सिर्जना भयो र ठूलो संख्यामा विस्थापित हुँदै गए । चलचित्र निर्माण प्रदर्शन ठप्प त थियो नै कोभिड-१९ को पनि आक्रमण गति रोकिएको थिएन । झण्डै चार–पाँच महिनापछि संसार भरमै केही मात्रमा कोभिड-१९ कम हुँदै आयो र मानिस पनि सामन्य दैनिकीमा आउन थाले ।
ठप्प रहेको नेपाली चलचित्र चलायमान गर्न सरकारले हल खोल्ने निर्णय गर्दै निर्मातालाई चलचित्र प्रदर्शन गर्न आर्थिक राहत सहुलियत रूपमा दिने घोषण त ग¥यो तर मुस्किलले दुई-चारवटा सिनेमा हलसम्म आए तर दर्शक हलसम्म जान हिक्मत गरेनन् । र, राहतको योजना सफल हुन सकेन् । केही समयको अन्तरालपछि २०२१ अप्रिल २८ बाट सरकारले दोस्रो लकडाउन सुरु गर्यो । पहिलाको तुलनामा दोस्रो कोभिड निक्कै खतरनाक र आक्रमण रूपमा विश्वभर तथा नेपालमा मानवीय क्षति भयो । फेरि नेपाली सिनेमा पछाडि धकेलियो सबै क्षेत्र तहसनहस भयो । मानिसहरू विक्षिप्त भई सुरक्षित अपनाउँदै दैनिकी बडो कष्ट पूर्ण जीवन बिताउन बाध्य भए । चलचित्रसँग सम्बन्धित संघसस्थाले केही राहतको प्रबन्ध गरे पनि निरन्तरता र आवश्यक्ता महसुस गराउन सकेन ।
केही समयको लकडाउनपछि संक्रमणमा कमी आए पनि पूर्णबिराम लागि सकेको थिएन । तर, मानिसहरू सुरक्षित हुँदै आफ्नो दैनिकीतिर फर्किन थाले भने चलचित्रकर्मी पनि कामतिर फर्किए । यही क्रममा धेरै चलचित्रकर्मीलाई जीवनयापन गर्न अर्को विकल्प खोज्न बाध्य भए भने धेरै चलचित्रकर्मी विस्थापित भए । धेरै ठूलो आर्थिक लगानी रहेको सिनेमा निर्माता एकपछि अर्को यस क्षेत्रबाट पलायन हुने क्रम जारी रहृयो, जसले गर्दा नेपाली चलचित्रले ठूलो घाटा व्यहोर्नुपर्यो । कोभिडको अन्त्यसँगै मौलाएको नेपाली सिनेमा अहिलेसम्म ठूलै परिवर्तन गर्दै आएको छ । स्तरीय सिनेमाघर निर्माण भए भने ठूलाठूला लगानीको निर्माण हुँदै गए । नेपालमा बलिउड हलिउडका चलचित्रले प्रभुत्व जमाइरहेको अवस्थामा नेपाली चलचित्रले पनि टक्कर दिइरहेका छन् ।
गुणस्तर र प्रविधि रूपमा अन्तर्राष्ट्रिय सिनेमासँग तुलना गर्न लायक बनेका छन्, नेपाली चलचित्र । प्राकृति रूपमा आफैंमा सुन्दर नेपाल, छायांकले पर्यटकलाई पनि लोभाएको छ । नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा पनि बजार व्यवस्थापन गरिरहेको पाइन्छ । गुणस्तर प्रविधिलाई जोड दिँदै गएमा नेपाली सिनेमा राष्ट्र तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापन गरी आर्थिक, सामाजिक र पर्यटकीय लाभ राज्यले लिन सक्नेछ ।
चलचित्र मनोरञ्जन मात्रा नभएर ठूलो संख्यामा रोजगारी दिएको छ । राज्यले पनि ठूलो मात्रामा कर असुली छ । राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रिय जगतमा कला संस्कृति पर्यटन प्रचारप्रसार प्रबद्र्धन गरेको छ । त्यसकारण बेलाबेलामा आउने दैनिक आपत्कालीन घडीमा राज्यबाट सम्बोधन हुन जरुरी छ । राज्यले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गराउन सकेमात्र यस क्षेत्रलाई चलायमान गर्न सकिन्छ । (लेखक केसी सिनेकर्मी हुनुहुन्छ । )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच