
भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा जारी दोश्रो आमन्त्रित गोल्डककप फुटवल अन्तर्गत बिहिवार भएको खेलमा नेपाली सेनाको नयाँ श्रीनाग गण भोजपुर र टेम्केमैयुङ गाउँपालिका क्वाटरफाइनल प्रवेश गरेका छन् ।
पौवादुङमा गाउँपालिकाको च्याङग्रे रंगशालामा भएको पहिलो खेलमा टेम्केमैयुङले प्रदेश प्रहरी कार्यालय, बिराटनगरलाई ३–० गोलले पराजित गरेको छ । टेम्केमैयुङको तर्फबाट खुशीराज बस्नेतले दुई गोल र रोशन माझीले थप एक गोल गरेका छन । खेलको म्यान अफ दि म्याच पनि खुशीराज बने ।
सो पश्चातको दोश्रो खेलमा नयाँ श्रीनाथ गणले अरुण गाउँपालिका, प्याउलीलाई ४–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । नयाँ श्रीनाथ गणका लागि मनोज लिम्बु र मनिल सौगातले दुई–दुई गोल गरेका हुन । एक गोल अरुण गाउँपालिकाका लागि मनिजंग राईले गरेका थिए । नयाँ श्रीनाथ गणका मनोज लिम्बु म्यान अफ दि म्याच बन्न सफल भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ९ गते हुनेछ ।
शुक्रवारको पहिलो खेल अलस्टार फुटवल क्लव धरान र देउराली फुटवल क्लव भोजपुरका बिचमा हुने छ भने दोश्रो खेल आम्तेक ११ फुटवल क्लव र कोटकालिका फुटवल क्लव तिवारीभञ्ज्याङका बीच हुने आयोजकले जनाएको छ ।
गत बर्षबाट सुरु प्रतियोगिता अन्तर्गत दोश्रो संस्करणकारुपमा संचालन हुन लागेको प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण र प्रदेश प्रहरी कार्यालय बिराटनगरको टिमले पनि सहभागिता जनाउने छन् भने अन्य टिमहरुमा आम्तेक ११ फुटवल क्लव, पौवादुङमा खेलकुद बिकास समिति(क), छथर गाउँपालिका तेह्रथुम, कोट कालिका फुटवल क्लव, अरुण गाउँपालिका, राजगढ फुटवल क्लव बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटवल एशोसियन बिराटनगर, तिवारीभञ्ज्याङ फुटवल क्लव, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटवल क्लव, अलस्टार फुटवल क्लव धरान र पौवादुङमा खेलकुद बिकास समिति (बि) सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच