
काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरू १२ जना घाइते भएका छन् ।
काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने ठाउँमा टायर पन्चर भएर अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते हुनेहरूको धुलिखेल अस्पतालसहित काठमाडौंका र सिन्धुलीका अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच